कोरोना संक्रमण अपडेट

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्या २०० भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसमम सक्रिय संक्रमितको संख्या १८५ रहेको छ ।
संक्रमणमुक्त हुने दर नेपाल सार्क मुलुकहरूमध्ये सबैभन्दा बढी ९८.८ प्रतिशत छ । सबैभन्दा कम संक्रमणमुक्त हुनेमा अफगानिस्तान ९०.५ प्रतिशत छ, सक्रिय संक्रमित भने सबैभन्दा बढी माल्दिभ्समा ८.५ प्रतिशत छन् ।
नेपालमा आजसम्म ९ लाख ९३ हजार १६४ जना संक्रमित भएका छन् भने संक्रमणका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १७:५७
प्रतिक्रिया दिनुहोस्