site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
लिपुलेकको विषयमा ओलीले लिएको निर्णयबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ
Ghorahi CementGhorahi Cement

वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगी पुनः मेयर बन्ने कसरतमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट १९ हजार ३९३ मतका साथ मेयरमा निर्वाचित भएका सरावगी पुनः मेरमै दोहोरिनमा विश्वस्त देखिन्छन् । मेयरकै टिकट पाउन नेकपा (एमाले)मा प्रवेश गरेका सरावगीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन छ ।

उनै मेयरका उमेदवार सरावगीसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश : 

व्यवसायी क्षेत्रबाट राजनीतिमा छिर्नुभयो । छिर्ने बित्तिकै मेयरमा बाजी मार्नुभयो । फेरि मेयर बन्न कसरत गरिरहनुभएको छ व्यापारभन्दा धेरै राजनीतिमा फाइदा भएर हो ?

Dabur nepal
Agni Group

म व्यापारी हो, यसमा कुनै दुई मत छैन । अहिले पनि मेरो व्यापार व्यवसाय जारी छ । मेयरमा निर्वाचित हुनुभन्दा अघि पनि मैले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर गरेका सामाजिक कामका कारण सबैले मेरो नियत र स्वभाव चिनिसक्नुभएको छ । मैले राजनीतिलाई व्यवसाय अथवा पेसासँग कहिलै पनि तुलना गरिन र गर्दैन पनि । राजनीति एउटा विकास र परिवर्तनको माध्यम मात्रै हो । त्यही माध्यम बन्ने लक्ष्यका अगाडि बढे र नगरवासीले मलाई विश्वास गरेर जिताउनु पनि भयो ।

तर पार्टीभित्रैबाट असहयोग, संघीय र प्रादेशिक सरकारबीचका समन्वयात्मक भूमिकाको अभाव र कोरोना भाइरसको महामारीका कारण अपेक्षित विकास गर्न नसकेको हुँदा मैले पुनः उमेदवारी दिनुपर्ने अवस्था आएको हो । 

काम गर्न नसकेको भनेर त तपाईं आफैँले स्वीकार गर्नुभयो । अब फेरि तपाईंलाई नै जनताले के आधारमा विश्वास गर्ने ?

तपाईंले गलत बुझ्नुभयो, मैले काम गर्न नसकेको भनेको हैन । मेरो कार्यकालमा उपलब्ध स्रोत साधनको भरपुर रूपमा सदुपयोग गरेर मैले धेरै काम गरेको छु । यो काम मैले बताइरहन पनि पर्दैन, सम्पूर्ण वीरगञ्जवासीले देखिरहनुभएको छ ।

यहाँ बनेका सडक तथा नालाहरूको कुरा गर्ने हो भने सबैमा एसियन विकास बैंक (एडीबी) ले बनाइदिएको भन्ने भ्रम छ । कृपया यो भ्रममा नपर्न आग्रह गर्दछु, किनभने एडीबीको योजनालाई अगाडि बढाउन महानगरको १६ प्रतिशत लगानी भएको छ । यदि महानगरबाट मैले पहल नगरेको भए एडीबीको योजना पनि अलपत्र पर्न सक्थ्यो होला । त्यसैले एडीबीले गरेको काममा पनि महानगरको योगदान छ ।

२०० किलोमिटर सडक, १७० किलोमिटर नाला, वीरगञ्ज बसपार्क निर्माण, फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल निर्माण, अस्पतालजन्य फोहोरको व्यवस्थापनका लागि सोलिड हस्पिटालिटी वेस्ट म्यानेजम्यान्ट सेन्टर निर्माण गर्नुका साथै उज्यालो अभियानमार्फत सोलार लाइट जडानलगायतका देखिने कामहरू भए । यसका अलावा अन्य सामाजिक क्षेत्रमा शिक्षा क्षेत्रमा स्वास्थय क्षेत्रमा पनि महत्वपूर्ण कामहरू भएका छन् । कोरोना भाइरसको महामारीमा महानगरले गरेको कामको बारेमा बताइरहनपर्छ जस्तो मलाई लाग्दैन । 

त्यसो भए अब गर्न बाँकी चाहिँ के छ र ? जसका लागि पुनः मेयर बन्न बल गरिरहनुभएको छ ?

गर्नुपर्ने काम अझै धेरै बाँकी छन् । केही हदसम्म मेरो कार्यकालमा सम्पन्न भए, केही हुने क्रममा छन् र केही योजनाहरू योजनामै सीमित छन् । वीरगञ्जको डुबान नियन्त्रण, सिरसया नदिको प्रदुषण मुक्त र अतिक्रमण मुक्त बनाउने बीपी उद्यानको जग्गामा पार्क निर्माण गर्ने वीरगञ्जको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्ने, सडक फराकिलो बनाउने, नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रूपमा विकास गर्ने लगायतका थुप्रै गर्नुपर्ने काम छ । ती कामहरूलाई पूरा गर्ने लक्ष्य र भिजनका साथ उमेदवारी दिएको हुँदा मलाई फेरि वीरगञ्जवासीले विश्वास गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । 

गत निर्वाचनमा जय मधेस भन्दै मधेसवादी दलबाट चुनाव लडेर मधेसी जनताकै मतबाट जित्नु भयो । टिकटकै लागि अहिले एमालेमा प्रवेश गर्नुभयो । जनताले सहज रूपमा स्वीकार्लान् ?

त्यो त्यही आवश्यक थियो । विगतमा पनि मैले गर्न खोजेको काममा आफ्नै पार्टीले असहयोग गरेको कुरा मैले पटकपटक भनिरहेको छु । बिचमा दुईपटक राजीनामा दिए पनि अस्वीकृत भयो । मधेसको नाममा व्यक्तिवाद हाबी भएपछि सोही पार्टीमा बसेर कुनै काम गर्न नसक्ने भान भयो । अनि म विकल्पको खोजीमा थिए । सोही बेला केपी शर्मा ओलीज्युसँग कुरा भयो ।

लिपुलेकको विषयमा ओलीजीले लिनुभएको निर्णय र उहाँको निर्भीकता र स्थिरताबाट म पनि कहीँ न कहीँ प्रभावित भएँ । त्यसकारण म एमालेमा प्रवेश गरेर पुनः जनताको माझमा आएको छु । 

अब एमालेले चाहिँ तपाईंलाई सहयोग गर्छ र फेरि पार्टी छोड्नुपर्ने अवस्था आउँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ ?

म पूर्ण रूपमा विश्वस्त छु । एमाले पार्टीभित्रको ऐक्यवद्धताका कारण पार्टीले पूर्ण रूपमा सहयोग गर्छ भन्ने मलाई लाग्छ । पार्टीले मलाई विश्वास गरेर उमेदवार बनाएको छ । जनताले पनि मलाई विश्वास गर्छन् । र फेरि पनि म निर्वाचित भएर देखाउने छु । 

मुख्य सडक पनि फराकिलो पार्न सक्नुभएन । निर्वाचित हुँदा 'भगवानले दिएको सबै छ' गाडी पनि लिन्न भनेर करोडौँको पजेरो किन्नुभयो यो त जनताको आँखामा छारो हालेको जस्तो भएन र ?

सडक फराकिलो विषयमा भन्दा पनि पहिला म के स्पष्ट पार्न चाहन्छु भने मुख्य बजार घण्टाघरदेखि माईस्थानसम्मको जीर्ण सडकका कारण मैले धेरै आलोचना खेप्नुपरेको छ । जबकि उक्त सडक महानगरको क्षेत्राधिकारभित्र पर्दैन । घण्टाघरदेखि पावर हाउससम्मको क्षेत्रको सडक मर्मत गर्दा किन गरेको भनेर गाली खाने पनि म अनि घण्टाघरदेखि माईस्थानसम्मको सडक नबनाउँदा किन नबनाएको भनेर जनताको गाली खाने पनि म । त्यसैले केही गरेर पनि सबैलाई चित्त बुझाउन सकिँदैन । तर म फेरि निर्वाचित भए भने जसरी पनि पहल गरेर सडकलाई फराकिलो बनाउने प्रयास गर्नेछु ।

अब रह्यो गाडीको कुरा, मैले धेरै समयसम्म गाडी खरिद नगरेको कुरा सबैलाई थाहै छ । पछि वीरगञ्जमा कहिलै ठूला ओहोदाका व्यक्तिहरू आउँदा चढ्नका लागि कुनै सवारी नहुँदा बाध्य भएर खरिद गर्नु परेको हो । जुन राष्ट्रपति आउँदा पनि चढ्नुभयो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro