अर्थ व्यवसाय

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र बीएफसी बैंक अन्तर्गत रहेको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजार बढी नेटवर्कको माध्यमबाट ईसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने छ ।
सम्झौतामा ईसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ १६:२०
प्रतिक्रिया दिनुहोस्