site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थानीय चुनावमा मात्र होइन प्रदेश र संघको चुनावसम्मै गठबन्धनलाई लैजानुपर्छ : देउवा

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको बताए । 

देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख बताए । “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे । 

तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै उनले कांग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गरे । उनले सबै निर्वाचनमा तनहुँमा कांग्रेसले जित्नुपर्ने बताए । रासस

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्