site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौंबाटै चन्द्रागिरि पुग्न प्रधानमन्त्रीले चढे हेलिकोप्टर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंबाट काठमाडौंकै चन्द्रागिरिसम्म हेलिकोप्टर चढेर पुगेका छन् ।

बुधबार दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न उनी सडकमार्गबाटै बढीमा ४५ मिनेटमा पुगिने स्थानमा हेलिकोप्टर चढेर गएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुईदिने सम्मेलनमा विश्वका १३ मुलुकका प्रतिनिधि सहभागी छन् ।

सोही सम्मेलन उद्घाटनका लागि देउवा नेपाली सेनाको हेलिकोप्टरमार्फत चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्