site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर समूहको बैठक जारी, संसदीय समिति गठन र भातृसंस्थाको विषयमा छलफल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको यही चैत ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न नेता शेखर कोइराला समूहको अहिले बैठक बसिरहेको छ ।

समूहका एक नेताका अनुसार बैठक काठमाडौंमा केही बेरअघि सुरु भएको हो । बैठकमा समूहका उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको ती नेताले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा चैत ११ गते गठन गर्ने भनिएको संसदीय समितिको विषयमा छलफलकेन्द्रित हुने जनाइएको छ । यस्तै, भातृसंस्थाहरूको तदर्थ समिति गठनका विषयमा पनि छलफल हुने ती नेताले बताए ।

यसअघि, आजै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग समूहका नेता कोइरालाको टेलिफोन संवाद भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्