site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् अवरोध अन्त्य गर्न एमालेलाई सभामुखको आग्रह 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूलाई आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले संसद्लाई प्रभावकारी बनाउन आमरूपमा प्रश्न उठिरहेको भन्दै अवरोध अन्त्य गर्न आग्रह गरेका हुन् ।

“संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ । संसद्लाई प्रभावकारी बनाउन आमरूपमा प्रश्न उठिरहेको छ । तसर्थ, अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्दछु,” सापकोटाले भने ।

विचाराधीन रहेका ४२ विधेयकहरूलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरू समेत अवरोधका कारण प्रभावित हुन पुगेको उनको भनाइ छ ।

“सभामा विचाराधीन रहेका ४२ विधेयकहरूलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरू समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ । विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो,” उनले भने ।

एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro