site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् अवरोध हट्छ : मन्त्री बडू, ‘अर्ली इलेक्सन’ सम्भव छैन : पुन
Tiktok banner adTiktok banner ad

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसद् अवरोध छोडेर नियमित संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले एमालेले महाअभियोग सिफारिस समितिमा सदस्य पठाएर संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद् अवरोध पनि हट्ने दाबी गरेका हुन् ।

एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहँदा जनताबाट संसद्को औचित्यमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताउँदै उनले अहिले ‘अर्ली इलेक्सन’को कुरा उठेको उल्लेख गरे । एमाले संसदीय प्रक्रियामा आए संसद् पूर्णकाल चल्ने उनको भनाइ छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अर्ली इलेक्सनको बहसभित्र स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरे । एमाले सधैँ संसदीय प्रणालीमा विश्वास गर्ने बताउँदै उनले संसदीय व्यवस्थालाई स्थापित गर्नकै लागि सदनमा विरोध जनाएको जिकिर गरे । 

नेम्वाङले महाअभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुर्‍याउन सिफारिस समितिमा नाम दिइएको समेत बताए ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro