site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन् । वार्तामा सहभागी अधिकारीहरू दुवै पक्ष आ–आफ्नो राजधानी फर्किएका छन् र उनीहरूले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन् ।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोहीबमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्काे उच्चस्तरीय वार्तामा बस्ने जनाएका छन् ।

उता, रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरूमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ । यसरी नागरिकको आवासीय क्षेत्रलाई निसाना बनाइरहेको भन्ने कुराको भने  रुसले अस्वीकार गरेको छ ।

Global Ime bank

राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरू बजेको बताइएको छ ।

त्यस्तै, युक्रेनको उत्तरी सहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ । रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरूमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu