site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको सचिवालयले भन्यो– ओलीसँग एमसीसीबारे राष्ट्रिय सहमति नभए चुनावपछि गरौं भन्नुभएको हो 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीबारे फोन सम्वादमा भएका कुरामा भ्रम नपर्न प्रचण्डको सचिवालयले आग्रह गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बिहीबार साँझ भएको संवादमा उनले एमसीसीमा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै चुनावपछि मात्रै अगाडि बढाउन प्रस्ताव गरेका छन् । 

“हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र नेकपा(एमाले)का अध्यक्ष केपी ओलीका बीचमा फोन सम्वाद भएको हो । अध्यक्ष प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं ,” प्रचण्डको भनाइ उदृत गर्दै मल्लले भनेका छन्, “यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा  दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचनपछि लैजाने कुरा गरौं भन्नुभएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको र सरकारसँग बहुमत रहेकाले पास गर्न जवाफ दिएको सचिवालयले उल्लेख गरेको छ । 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने बिहान सामाजिक सञ्जालमार्फत एमसीसी पास नगरी भएन भन्दै प्रचण्डले फोन गरेको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्