राजनीति

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
उनले आइतबार बेलुका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । सो समूहबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा सरकारमा थिए ।
उनीहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादव समूहमा आउन आइतबार साँझसम्मको समय दिइएको थियो । तर उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेका हुन् ।
उपेन्द्र पक्षधर आइतबार नै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतले चयन गरेको छ । उनीहरूले आफू अनुकूल विधानसमेत पारित गरेका छन्
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ २३:०७
प्रतिक्रिया दिनुहोस्