site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महान्यायाधिवक्ताको चेतावनी– अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गर्ने अधिवक्ताहरुले सीमा नाघेको भन्दै के गर्नुपर्छ भन्नेबारेमा आफूलाई जानकारी भएको भन्दै चेतावनी दिएका छन् ।

“वरिष्ठ अधिवक्ताले मिडिया मुभमेन्ट गर्नुपर्छ भन्नुभयो, निर्णय गर्नुभयो, वरिष्ठहरु मिडिया परिचालित गर्दै हुनुहुन्छ । म नेपाल राज्यको महान्यायाधिवक्तामात्रै होइन, बार काउन्सिलको अध्यक्ष पनि हो । महान्यायाधिवक्ताले भन्न पाउँदैनस् भन्ने ? मैले सहेको छु । सीमा नाघियो । म काउन्सिलको अध्यक्षको हैसियतमा वरिष्ठदेखि अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यसो भनेपछि न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासबाहिर गएर कारबाही गर्न र यहाँ सम्हालिएर बहस गर्न सुझाव दिएका थिए ।

“कारबाही इजलासबाहिर गएर गर्नुहोला । यहाँ सम्हालिएर विषयभित्र बहस गर्नुहोला,” भट्टराईको सुझाव थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्