site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवराज सिलवाल किन बढुवा लिस्टमा छुटे ?
SkywellSkywell

काठमाडौं । लामो समयदेखि रिक्त रहेका नेपाल प्रहरीको  एआईजी बढुवाका लागि शनिबार प्रहरी प्रधान कार्यालयले ११ जनाको नाम सार्वजनिक गर्यो । 

त्यसमा एक नम्बरमा रहेका र आईजीपीको दावी गर्दै दुईपटक सर्वोच्व पुगेका डीआईजी नवराज सिलवाल परेनन् । 

KFC Island Ad
NIC Asia

गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले शनिबार अपरान्ह ११ जना डीआईजीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

जसमा डीआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द, विजयलाल कायस्थ र विजय कुमार भट्ट परे । तर वरिष्ठतामा एक नम्बरमा रहेका र प्रहरी महानिरीक्षकको दावेदारसमेत रहेका नवराज सिलवाल एआइजी सिफारिसमा पर्न सकेनन् । बरु तीन नम्बरमा रहेका बमबहादुर एक नम्बरमा सिफारिस परे भने सरकारले आईजीपी बनाएपछि सर्वोच्चको आदेशका कारण हुन नसकेका जयबहादुर चन्द २ नम्बरमा सिफारिसमा परे ।

Royal Enfield Island Ad

आईजीपी प्रकाश अर्याल, जयबहादुर चन्द, बमबहादुर भन्डारी र सिलवालको कासमु फाईल सर्वोच्वमा थियो । बढुवा सिफारिस समितिले सबैजनाको उक्त फाईलहरु सर्वोच्चबाट मागेपछि नवराज सिलवालले किर्ते फाईल पेस गरेको भन्दै छानविन जारी रहेकाले उनको फाइल अघि बढेन । फाईल पनि नगएको र आईजीपी बनाईपाउँ भन्दै सर्वोच्वमा दायर गरेको मुद्दा विचाराधीन भएका कारण उनी एआईजी बढुवामा नपरेको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दियो । 

स्रोतले भन्यो, “सिलवालको बढुवा सम्बन्धमा धेरै छलफल भयो । आईजीपीको दाबी गर्दै दायर गरेको मुद्दा विचाराधीन भएको र आईजीपी हुनकै लागी किर्ते कागजात तयार पारेको आरोप लागेका कारण पनि उनी बढुवामा परेनन् ।”

कागजात किर्ते गरेको आरोप लागेका डीआईजीलाई कुनै पनि हालतमा बढुवा गर्न नहुने प्रहरी मूख्यालयमा पनि कुरा उठेको प्रहरी स्रोतले जानकारी दियो ।

नाम उल्लेख नगर्ने सर्तमा एक डीआईजीले भने, “प्रहरीको डीआईजी जस्तो जिम्मेवार पदमा रहेका व्यक्ति आईजीपी हुनकै लागि किर्ते काम गर्न मिल्छ ? अनि मुलुकमा दुई दुई वटा चुनाव भए । सुत्केरी र बिरामी विदा समेत कैयौं प्रहरीले पाएनन् तर सिलवाल खबरै नगरी बिदामा बसेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  ००:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro