site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन बढ्दैछ यसरी अपराध ? ५ वर्षमा १ लाख २८ हजार मुद्दा दर्ता 
SkywellSkywell

काठमाडौं । नेपालमा अपराधका घटना वर्षेनी बढ्दो अवस्थामा रहेको देखिएको छ ।  नेपाल प्रहरीको देशभरको अपराध तथ्यांक हेर्दा प्रत्येक वर्ष अपराधका श्रृङखला बढ्दो अवस्थामा देखिएको छ ।

हत्या, आत्महत्या, चोरी डकैती, संगठीत अपराध, मानव बेचविखन,  लगायतका विभिन्न अपराधको अभियोगमा प्रहरीमा गएको ५ वर्षमा १ लाख २८ हजार २ सय २८ वटा मुद्दा दर्ता भएको छ ।

KFC Island Ad
NIC Asia

जसमा विभिन्न शीर्षकमा मुलुकभरबाट ०६८ /०६९ मा २१५७७, ०६९/०७० मा २२६३२, त्यस्तै ०७०/०७१ मा २७३८६, ०७१/०७२ मा २८०७०, ०७३ को अन्तिमसम्ममा २८५६३ वटा गरी ५ वर्षको अवधीमा  १ लाख २८ हजार २ सय २८ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।
जसमा ५ वर्षको अवधीमा भवितव्य ज्यान सम्बन्धी १२ हजार ३ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।
जसमा ०६८/ ०६९ मा १९९७, ०६९/०७० मा २०६४, ०७०/७१ मा २४३४, ०७१/७२ मा २७७२ र ०७३ को अन्त्यसम्ममा ३१३२ वटा गरी ५ वर्षको अवधीमा १२ हजार ३ सय ३९ वटा भवितव्य ज्यानसम्वन्धी मुद्दा दर्ता भएका छन् ।

 

भवितव्यमा यति धेरै मुद्दा दर्ता हुनुका पछाडि आपसमा आर्थिक लेनदेन र पहुँच नै भएको हुन सक्ने प्रहरी आशंका छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा प्रहरीले ५ वर्षको अवधीमा ३ हजार १ सय ६१ वटा मुद्दा दर्ता गरेको छ ।

 

Royal Enfield Island Ad

जसमा ०६८/०६९ मा ५८२, ०६९/०७० मा ५५१, ०७०/०७१ मा ६५६, त्यस्तै ०७१/०७२ मा ७०८ र ०७३ को अन्तिमसम्ममा ६६४ वटा गरी ३ हजार १ सय ६१ मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ ।
 

त्यसैगरी कर्तव्य ज्यान सम्वन्धी ५ वर्षको अवधीमा २ हजार ६ सय ६० वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी फुटकर ज्यान सम्बन्धी ५ वर्षको अवधीमा ४ हजार १ सय २६ वटा मुद्दा दर्ता भएका छन् ।  त्यस्तैगरी प्रहरीले गौवध हत्या सम्वन्धी १८४ ओटा मुद्दा दर्ता भएको जनाएको छ ।

प्रहरीको तथ्यांकअनुसार ५ वर्षको अवधीमा खुन डाँकामा १९ ओटा मुद्दा दर्ता भएको छ । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द खनाल बढ्दो आपराधिक घटनाबारे भन्छन्, “बढ्दो जनसङ्ख्यासँगै अपराध पनि बढेको छ । मानिसहरुका महत्वकांक्षा बढ्दै जान्छन्, सहजै पैसा कमाउने झोँक चल्छ, अनि विभिन्न खालका आपराधिक बाटो समाएर अघि बढ्नेहरुका कारण घटनाहरु बढेका हुन् ।”
 

एसएपी खनाल थप्छन्, “सुरुमा प्रहरी भनेर डराउने नागरिक अहिले प्रहरीलाई साथी सम्झने गरेका छन्, जसका कारण समाजमा केही भयो की प्रहरीलाई सम्झने हो, त्यसैले उजुरी पनि बढेका छन्, अनुसन्धान पनि त्यही अनुसारले हुँदैछ, प्रहरीप्रति विश्वास भएकै कारण नागरिकले हरेक काम प्रहरीले गरिदिए हुन्थ्यो भन्ने ठान्छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro