site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल पक्षका सांसदले भने– फ्लोर क्रसको हल्ला चलाउँदा चोट पुग्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का कर्णाली प्रदेशका खनाल–नेपाल समूहका सांसद करवीर शाहीले फ्लोर क्रसको हल्ला चलाइँदा चोट परेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासका मत लिइरहँदा बोल्दै खनाल–नेपाल समूहका जाजरकोटका पार्टी अध्यक्षसमेत रहेका शाहीले दलको ह्वीप उल्लंघन नगर्ने बताएका हुन् ।

“मुख्यमन्त्रीले आफैँ यस्तो हल्ला चलाउनुभयो कि भएन हामीलाई थाहा छैन । तर, सामाजिक सञ्जालमा यस्तो हल्ला चल्लाइयो । यसले हामीलाई चोट पुगेको छ । हामी मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्छौं,” उनले भने ।

कर्णाली प्रदेशसभाको बैठक अहिले पनि जारी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्