site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा कोरोनाबाट एकैदिन एक लाख ४५ हजार संक्रमित
फाइल तस्बिर ।

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिन झन्डै डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन् । यसअघि, अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको जनाएका छन् ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १० लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको संख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्