साहित्य

काठमाडौं । ‘ह्यारी पोटर’ र ‘द हाल्फ–प्रिन्स’का अभिनेता पल रिटरको निधन भएको छ । ब्रेन ट्युमरसँग लडिरहेका उनको सोमबार साँझ निधन भएको हो । ५४ वर्षीय पलको निधनको पुष्टि उनकै टिमका एक प्रतिनिधिले गरेका हुन् ।
उनले आफ्नो अभिनय करियरमा निकै चर्चित र यादगार भूमिकाहरु निभाएका छन् । उनको निधनको खबरसँगै हलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।
नवभारत टाइम्सका अनुसार पलले उनको यो रोगको बारे गुपचुप नै राखेका थिए । उनको निधनले उनका प्रशंसक र अन्यलाई स्तब्ध बनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ २०:१९
प्रतिक्रिया दिनुहोस्