site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएल अप्रिल ९ बाट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४औं संस्करण अप्रिल ९ बाट सुरु हुने भएको छ । 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नयाँ संस्करणको मिति सार्वजनिक गरेको हो । सार्वजनिक मितिअनुसार प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ । प्रतियोगिताको सबै खेल बन्द रंगशालमा देखिने बीसीसीआईले जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो संस्करणको आईपीएल बैंगलोर, चेन्नई, दिल्ली, अहेमदाबाद, मुम्बई र कोलकातामा हुनेछन् । आईपीएलको पहिलो खेलमा साबिकको विजेता टोली मुम्बई इन्डियन्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।

पहिलो खेल चेन्नईमा हुनेछ । प्रतियोगिताको फाइनल खेल अहेमदाबादमा हुनेछ ।

आईपीएलको यो सिजन घरेलु टोलीले घरेलु मैदानमा खेल्न पाउने छैन । प्रतियोगिताको सुरुवाती खेलहरु बन्द रंगशालामा हुनेछन् भने अन्तिम खेलहरु दर्शक राखेर खेलिनेछन् ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १४:४०
प्रतिक्रिया दिनुहोस्