site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रमा युवा पुस्ताको भविष्य छैन ?
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्रमा युवाको आकर्षण बढ्दो देखिए पनि यसमा भविष्य सुरक्षित छ भन्नेमा स्वयं चलचित्रर्मीहरुमा नै आशंका छ । फेस भ्यालु खोज्ने गलत प्रवृत्ति, बजारमा रुचाइएको एउटै कलाकारको पछि लाग्ने गलत संस्कारका कारण युवा पुस्ताको भविष्य सुरक्षित नरहेको चलचित्रकर्मीहरुको भनाइ छ ।

‘आमा’, ‘धनपति’, ‘गोपी’लगायत चलचित्रमा अभिनय गरेर समीक्षक र दर्शक दुवैको तारिफ पाएकी अभिनेत्री सुरक्षा पन्तलाई अझै पनि आफ्नो भविष्य चलचित्र क्षेत्रमा शतप्रतिशत सुरक्षित छ भन्ने विश्वास लागेको छैन ।

“पैसाको मात्रै कुरा गर्ने हो भने चलचित्रमा युवा पुस्ताको भविष्य सुरक्षित छैन । त्यसैले म अर्को व्यवसायमा पनि छु । सायद, अरुको पनि छ होला,” सुरक्षा भन्छिन्, “यसको अर्थ आर्थिक सुरक्षाको ग्यारेन्टी छैन भन्ने हो । र, कतैबाट आश्वस्त हुने वातावरण पनि छैन ।” सुरक्षा सिभिल इन्जिनियर हुन् ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

नेपालमा कलाकारलाई आवश्यकता परेको वा बाध्यता आइलागेको अवस्थामा हेर्ने कुनै संस्था नरहेको उनी बताउँछिन् । पेसागत संघ–संस्था र विकास बोर्ड रहे पनि उनीहरुले आजसम्म व्यवहारतः आश्वस्त पार्न नसकेको सुरक्षाको भनाइ छ । राज्यले पनि कलाकारलाई नजरअन्दाज गरिरहेको उनको भनाइ छ ।

नेपालमा अझै पनि कुनै एक कलाकार बजारमा नोटिस भएपछि सबै मेकर त्यसकै पछि लाग्ने गरेको उनी बताउँछिन् । “हामीले धेरै नयाँ कुरा गर्नै सकेका छैनौँ । कारण, कोही एकजना कलाकार चल्यो भने सबै उसकै पछि लाग्ने चलन छ । तर, अहिलेको आवश्यकता भने सबैलाई समेट्नुपर्ने रहेको छ,” सुरक्षा भन्छिन्, “यसमा मुख्य कमजोरी चलचित्र विकास बोर्डको छ । कसरी सकेसम्म क्रिएटिभ काम गर्ने र सबैलाई समेट्ने भन्ने विषयमा बोर्डसहित सरोकारवाला पक्षले दीर्घकालीन पहल गर्नुपर्छ ।”

नायक सलिनमान बानियाँ चलचित्र क्षेत्रको अप्सन राख्न सुझाव दिन्छन् । “सबैको आफ्नै विचार, व्याख्या र सीमाहरु हुन्छन् होला । तर, मेरो विचारमा चलचित्र क्षेत्रसँगै अर्को सेकेन्डरी अप्सन राख्न पनि राख्दा राम्रो हुन्छ ।”

राम्रो कथा छनोट गरेर त्यसमा मिहिनेत गर्नुपर्ने र सफलता हात पार्दै गए यही क्षेत्रमा लाग्दा राम्रो हुने अन्यथा अर्को विकल्प पनि राख्नुपर्ने सलिनमान बताउँछन् ।

निर्देशक दिनेश राउत मेकरहरुले फेसभ्यालु र स्टारडम खोज्दा क्षमतावान् कलाकारहरु अवसरबाट वञ्चित भइरहेको र यसले उनीहरुमा पेसाप्रति भरोसा गर्ने अवस्था नरहने बताउँछन् ।

“आफूलाई व्यक्तिले कसरी परिमार्जित गर्दै लैजान्छ, त्यसले भर पार्ने कुरा हो । आफूलाई चकलेटी क्यारेक्टरमा मात्रै थुप्रै चलचिमा उपस्थित गराएको व्यक्ति आफूलाई सच्चा कलाकार बनाउनुपर्छ भनेर काम गर्नेहरुको भविष्य सुरक्षित छ,” दिनेश भन्छन्, “कलाकारलेभन्दा पनि मेकरले राम्रो चलचित्र बनाउने हो भने कलाकारले पनि त्यहीअनुसार मिहिनेत गर्छ । र, उसको भविष्य पनि सुरक्षित हुन्छ । तर, त्यसरी आउने निर्देशक र मेकरको संख्या नै कम हुँदा सबैलाई अफ्ठ्यारो हुन्छ ।”

मेकरले आफ्नो कन्टेन्टमा विश्वास नगरेर बजारमा के चल्यो र कुन कलाकारलाई राख्दा बिजनेस राम्रो हुन्छ भन्ने सोचेर कलाकार छनोट गर्दा अर्को क्षमातावान् व्यक्ति अवसरबाट वञ्चित भइरहेको उनी बताउँछन् । “नयाँ कन्टेन्टमा विश्वास नहुँदा मेकरले आफ्नो लगानी सुरक्षित गर्ने उपाय खोज्दा राम्रा कलाकार मात्रै होइन, नयाँ आउने प्रतिभावान् कलाकारले पनि अवसर पाउँदैन,” निर्देशक राउत भन्छन्, “बजारमा चलिरहेको कलाकारकै पछि मेकर लाग्ने हो भने आफूलाई सक्षम बनाएर राखेको कलाकारले काम पाउँदैन । निरन्तर काम नपाउनु भनेको भविष्य सुरक्षित नहुनु हो ।”

चलचित्र क्षेत्रमा बर्सेनि नयाँ–नयाँ कलाकार आउने र पलाउन हुने क्रम निरन्तर चलिरहेको छ । ठूलो सम्भावना बोकेर आउने कलाकार पनि केही चलचित्रमा अभिनय गरेपछि एकाध वर्षमा पलायन हुने गरेका छन् । चलचित्र व्यापारिक रूपमा सफल नहुनु, निरन्तर अवसर नपाउनु, आकर्षक पारिश्रमिक नपाउनु र कतिपयले सम्झौता गरेको पारिश्रमिक नपाउँदा अन्ततः युवा कलाकार पलायन हुने गरेको चलचित्रकर्मीहरु बताउँछन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १४:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro