site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्धको रिट ११औँपटक पनि स्थगितमा 
फाइल तस्बिर ।

काठमाडौं । संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर रिट ११औँपटक पनि स्थगितमा परेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पेसी तोकिए पनि इजलास बसेन ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले सो रिट ११औँपटक पनि स्थगितमा परेको जानकारी दिए । रिटमा मुद्दालाई अग्राधिकारमा राखी सुनुवाई गरी पाऊँ भन्ने माग गरिए पनि पटक–पटक पेसी चढ्ने तर सुनुवाइ भने नहुने हुँदै आएको छ ।

Dabur Nepal
NIC Asia

संवैधानिक परिषद्मा निर्णय गर्न बहुमत नपुगेपछि अध्यादेश ल्याई गएको मंसिर ३० मा विभिन्न संवैधानिक आयोगहरुमा रिक्त अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गरिएको थियो । उनीहरुले शपथ लिएर कार्यभारसमेत सम्हालिसकेका छन् ।

रिटमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर गरिएका सिफारिस जालसाजीयुक्त भएको भन्दै सो अध्यादेशका आधारमा भएका नियुक्ति बदरको माग गरिएको छ । रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ समग्र रूपमा र त्यसको प्रस्तावना, दफा १, दफा २ र दफा ३ का सम्पूर्ण प्रावधानहरु अमान्य र बदर घोषित गर्न माग गरिएको छ । अध्यादेश राजपत्रमा प्रकाशित नहुँदै बोलाइएको संवैधानिक परिषद्को बैठक, त्यसले गरेका काम–कारबाही समग्र रूपमा उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

त्यस्तै, मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त विवादित अध्यादेशको कार्यान्वयन नगर्न/नगराउन, उक्त अध्यादेशका आधारमा आयोजना हुने संवैधानिक परिषद्को बैठकमा भाग नलिन, नियुक्तिको सिफारिस तथा नियुक्तिसम्बन्धी अन्य कुनै पनि कार्य नगर्नू/नगराउनू भनी आदेशको दिन माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्को अध्यक्ष र सचिवालय, परिषद्का सदस्य रहेका प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र विपक्षी दलका नेतालाई विपक्षी बनाइएको छ ।

को–कहाँ नियुक्त ? 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्षमा प्रेमकुमार राई र सदस्यहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, मानवअधिकार आयोगको अध्यक्षमा टोपबहादुर मगर र सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य  ढुंगेल, लिलि बस्नेत थापा र मिहि ठाकुर, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्र, महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हाको नाम सिफारिस भएको थियो । त्यस्तै, दलित आयोगको अध्यक्षमा देवराज विक र सदहरुस्यमा मीना सोभ, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री र सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पाश्वान, आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा र सदस्यहरुमा मीन श्रीसमगर, मीनसिंह लामा, रीना राना र चरण राई, मधेसी आयोगमा जीवक्ष साह, रेणुदेवी शाह र विजय गुप्ता सिफारिस भई नियुक्त भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro