site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘ओलीको कदम प्रतिगामी थियो, अदालतले सच्याइदियो’
फाइल तस्बिर ।

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रान्तिकारी कदम सच्याइदिएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम असंवैधानिक ठहर गर्दै मंगलबार पुनःस्थापनाको फैसला सुनाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै खनालले अदालतले संविधानको सही व्याख्या गर्ने, लोकतन्त्रको रक्षा गर्ने नेपाली जनताको जनादेशको सम्मान गर्ने काम गरेको बताए ।
पुनःस्थापनापछि खनालको धारणा
विगत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी ढंगले, एकतन्त्रीय र निरंकुश ढंगले संविधानको बरखिलाफमा रहेर संसद्को निर्मम विघटन गर्ने जुन काम गरेका थिए । त्यो असंवैधानिक कदम हो भन्ने कुरा हामीले सुरुदेखि नै भन्दै आएका हौँ ।

वास्तवमा संविधान सभाले बनाएको संविधानका प्रावधानलाई मिचेर जुन ढङ्गको विघटन गरिएको थियो । त्यो एउटा प्रतिक्रान्ति थियो । प्रतिगमनकारी थियो । आज सम्मानित सर्वोच्च अदालतले त्यो संसद् विघटन असंवैधानिक थियो भनेर जुन फैसला दिने काम गरेको छ । त्यो फैसला दिने काम गरेको छ । यो नेपालको संवैधानिक इतिहासमा ऐतिहासिक हो ।सर्वोच्च अदालतमा म अन्तरदिलदेखि सम्पूर्ण जनता र नेकपाको तर्फबाट हार्दिक बधाइ दिन चाहन्छु । यसरी सर्वोच्च अदालतले संसद्को पुनःस्थापना गरेर वर्तमान संविधानलाई रक्षा गर्ने, संविधानको सही व्याख्या गर्ने, लोकतन्त्रको रक्षा गर्ने नेपाली जनताको जनादेशको सम्मान गर्ने, राष्ट्रलाई संवैधानिक अपेक्षाअनुरूप अगाडि बढाउने काममा महत्त्वपूर्ण योगदान गरेको छ । यो योगदानले अब नेपाली जनता आफ्ना गन्तव्यहरूतर्फ स्थिरतापूर्वक अगाडि बढ्ने नयाँ वातावरण बनेको छ । यो वातावरणलाई खुसीका साथ मनाउन, देशभरि खुसियाली बाँड्न हार्दिक आग्रह गर्छु ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्