देश

काठमाडौं । बाँकेमा एक लाख ५० हजार रुपैयाँसहित नौ जुवाडे पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका २, बौद्ध टोलमा डेरा गरी बस्ने अर्घाखाँची पुडेनी गाउँपालिका ८, घर भएका भुट्टु मियाँको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेवी नगरपालिका १ बस्ने ३६ वर्षीय दन्दिर अलीलगायत छन् । प्रहरीले उनीहरुको साथबाट एक लाख ५० हजार एक सय ६५ रुपैयाँ र तास बरामद गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७ १३:०१
प्रतिक्रिया दिनुहोस्