काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारवाही गरेको आरोपमा एक जना एसएसपीसहित १ हजार १६३ जना प्रहरीलाई कारवाही गरेको छ ।
प्रहरी मुख्यालयको तथ्याकंअनुसार गएको साउन १ गतेदेखि हालसम्म २ जना एसएसपी, ९ जना एसपी, १० जना डीएसपी, २२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ७९ जना प्रहरी नायव निरीक्षक (सई), १ सय ५ जना प्रहरी सहायक निरीक्षक (असई), ३ सय २१ जना प्रहरी हवल्दार, ९ सय ६४ जना प्रहरी जवान र २७ जना प्रहरी परिचर (जुनीयर प्रहरी जवान) गरी १ हजार ५ सय ३९ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।
मुख्यालयको तथ्यांकअनुसार ३ जना एसपी, २ जना डीएसपी, १ जना इन्सपेक्टर र ४ जना प्रहरी जवान गरी १० जनालाई बोलाएर सचेत गराइएको छ ।
त्यसैगरी १ जना एसएसपी, ५ जना एसपी, ४ जना डीएसपी, ७ जना इन्स्पेक्टर, २८ जना सई, ५५ जना असई, १४८ जना प्रहरी हवल्दार, ५ सय २० जना प्रहरी जवान, ११ जना जुनियर प्रहरी जवान गरी ८ सय १५ जना प्रहरी कर्मचारीलाई नसिहत दिइएको छ ।
त्यस्तै २ जना ईन्सपेक्टर, ३ जना सई, ४ जना असई, १८ जना प्रहरी हवल्दार, ४३ जना प्रहरी जवानगरी ७० जनालाई ग्रेड रोक्का गरिएको मुख्यालयले जनाएको छ ।
त्यसैगरी ७६ जनालाई सुरु स्केलमा घटुवा गरेको छ, जसमा १ जना सई, ७ जना असई, १६ जना प्रहरी हवल्दार र ५२ जना प्रहरी जवान रहेका छन् ।
त्यसैगरी १ जना एसपीसहित ६३ जना प्रहरी कर्मचारीको बढुवा रोक्का गरिएको छ । १ जना एसपी, एक जना इन्सपेक्टर, २ जना सई, १ जना असई, १६ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी जवान गरी ७६ जना प्रहरी कर्मचारीलाई गएको साउन यतादेखि बढुवा रोक्का गरिएको मुख्यालयको तथ्यांक छ ।
त्यसैगरी ३४ जना प्रहरी कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको मुख्यालयले जनाएको छ । जसमा २ जना डीएसपी, २ जना ईन्स्पेक्टर, ९ जना सई, ५ जना असई, ८ जना हवल्दार र ८ जना प्रहरी जवान गरी ३४ जनालाई जागिरबाट बर्खास्त गरिएको मुख्यालयले जनाएको छ । उनीहरुले संगठनको नीतिभन्दा बाहिर गएर काम गरेका कारण उनीहरुलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको हो ।
त्यसैगरी १ सय १४ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । जसमा एक जना एसएसपी, २ जना डीएसपी, ६ जना ईन्सपेक्टर, १५ जना सई, ६ जना असई, १४ जना हवल्दार, ६९ जना प्रहरी जवान र १ जना जुनियर प्रहरी जवान गरी १ सय १४ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७२–०७३ मा १ हजार ५ सय ३९ जना प्रहरी कर्मचारी कारवाहीमा परेका थिए ।
प्रहरीको नीतिभन्दा बाहिर गएर काम गर्ने कर्मचारीलाई विभागीय कारवाही गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनाल बताउँछन् ।
“प्रहरी हुँ भन्दैमा जे गर्न पनि पाईन्छ भन्ने मनसाय भएको प्रहरी कर्मचारीलाई छुट छैन,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “संगठनको नीतिविरुद्ध काम गर्ने प्रहरी जोसुकै प्रहरीको पनि अनुसन्धान हुन्छ, दोषी ठहरीय उनीहरुको गल्तीअनुसार जागिरबाट बर्खास्त गर्नेदेखि सचेत गराएर काममा पठाउने गरिएको छ । संगठन प्रमुले नै गल्ती गर्ने कसैलाई छाड्न हुँदैन भन्ने निर्देशन दिनुभएको छ ।”