देश
काठमाडौं ।विरगञ्ज र सप्तरीका दुई एसपीलाई नेपाल प्रहरीको मुख्यालय नक्साल छानविनको लागि बोलाएको छ ।
सप्तरीका एसपी अनुराग द्विवेदी र पर्सा एसपी गोविन्द साहलाई हेडक्वाटर बोलाइएको हो । प्रहरी संगठनको नियमभन्दा बाहिर गएर केही गैह्र व्यवसायी काम गरेको उजुरी परेपछि छानविनको लागि बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएपी सर्वेन्द्र खनालले बताए ।
उनले भने “उहाँहरु विरुद्ध धेरै उजुरी भरेको छ के हो भनेर अनुसन्धानको लागी बोलाएका हौ ।” संगठनको विरुद्ध काम गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउन संगठनले छानविन समेत सुरु गरिसकेको प्रहरी स्रोतले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २०, २०७४ १८:२३
प्रतिक्रिया दिनुहोस्