site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell


काठमाडौं । एक वर्षको अवधिमा देशभर २१ सय ८७ जना बालबालिका हराएको तथ्यांक छ । तीमध्ये ४ सय ८० बालबालिकामात्र भेटिए । बाँकी १ हजार ७०७ जना बालबालिका अझै बेपत्ता छन् । 

बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार यो तथ्यांक चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको हो । गत वर्ष यही अवधिमा १ हजार २८४ जना बालबालिका हराएका थिए । 

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख विश्व खड्का भन्छन्, “बालबालिका हराउने क्रम बढ्दो छ, हराउनेमा बालकको भन्दा बालिकाको संख्या बढी छ ।” उनका अनुसार १० महिनाको अवधिमा बालक ८ सय ३७ जना हराए भने बालिका १ हजार ३ सय ५० जना हराएका छन् । 

KFC Island Ad
NIC Asia

केन्द्रको तथ्यांकअनुसार यो ११ महिनाको अवधिमा सबैभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट ५ सय ५९ जना हराएका छन् । त्यस्तै, पूर्वाञ्चलबाट ४ सय ६७, पश्चिमाञ्चलबाट २ सय ४९, मध्यपश्चिमाञ्चलबाट ४ सय ६१ र सुदूर पश्चिमाञ्चलबाट २ सय ४ जना बालबालिका हराएका छन् । 

केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९-०७० यता ५ वर्षको अवधिमा हराएका ६ हजार ५ सय ४७ जना बालबालिकामध्ये २ हजार ४ सय १६ जना फेला परे । 

Royal Enfield Island Ad

४ हजार १ सय ३१ जना बालबालिका अझै बेपत्ता छन् ।

उपत्यकाबाट हराएकामध्ये ७२ प्रतिशत बालबालिका फेला परेका छन् । तर, देशभरको आंकडा हेर्दा २२ प्रतिशत मात्र बालबालिका फेला परेका छन् । यसरी हराएकामध्ये १० वर्षमाथिका बालबालिकाको संख्या बढी रहेको केन्द्रका प्रमुख  खड्काको भनाइ छ । बालबालिकाहरु बेचबिखनमा पर्नुका साथै आर्थिक, सामाजिक एवं पारिवारिक समस्याका कारण घर छोड्ने र हराउने गरेको देखिएको छ । 

केन्द्रका प्रमुख खड्का भन्छन्, “कतिपय अवस्थामा दलालहरुले ललाई¬–फकाई गरेर घरेलु कामदारलगायत प्रयोजनका लागि बालबालिका बेचबिखन गर्ने गरेको समेत देखिएको छ । कतिपय हराएका बालबालिका होटल तथा घरेलु कामदारका रुपमा लगाउने गरिएको भेटिएको छ ।” बालिकालाई होटल तथा रेस्टुरेन्टमा यौन व्यवसायमा लगाउने गरिएको पनि केन्द्रको भनाइ छ । 

काठमाडौं उपत्यकामा मात्र बालबालिकाका लागि काम गर्ने भनेर ६ सयभन्दा बढी संघ–सस्था काम गरिरहेका छन् । तर, तिनले बालबालिकालाई कमाउने माध्यममात्र बनाएका छन् । 

कुन वर्ष कति बालबालिका हराए ?
आव                  हराएका     भेटिएका    बेपत्ता
२०६९-०७०         १४५३        ८२३         ६३०
२०७०-०७१         ८३७         ४६३         ३७४
२०७१÷०७२        ७८६         ३०९         ४७७
२०७२-०७३        १२८४       ३ ४१          ९४३ 
२०७३-०७४         २१८७      ४८०      १७०७ (जेठ मसान्तसम्म)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १९, २०७४  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro