site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइसेन्स लिन अब सडकमा पनि ट्रायल दिनुपर्ने, उपत्यकाभित्र कहाँ–कहाँ दायाँ मोड्न नपाइने ?
SkywellSkywell

काठमाडौं । गत जेठ २२ गते काठमाडौंको बसुन्धरामा जेब्राक्रसमा पैदल यात्रु रविना चौधरीलाई ठक्कर दिने चालक विनय तामाङलाई सवारी ज्यान मुद्दामा जेल चलान गरिएको छ । 

जेब्राक्रसमा बाटो काट्दै गरेका बेला जबर्जस्ती पेलेर ठक्कर दिएर चौधरीको मृत्यु भएको थियो । 

प्रहरीले तामाङलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को २ अन्तर्गत कारवाही अघि बढाएको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाएको महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले जानकारी दिए । 

KFC Island Ad
NIC Asia

लाइसेन्स लिन नयाँ प्रावधान थपियो  
नयाँ सवारी चालक अनुमतिपत्र लिनेले अबदेखि अनिवार्य रुपमा सडक जाँचपास र ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । 

यसअघि लिखित पास गरेपछि ट्रायल सेन्टरमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको रोहबरमा सवारी चालक अनुमितपत्र दिने गरिएकोमा अबदेखि ती सबै गरे पनि रोड जाँचपास नगरे लाइसेन्स नपाइने व्यवस्था गरिएको छ ।
आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलनमार्फत सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको भन्दै नयाँ सवारी चालक अनुमतिपत्र लिनेहरुका लागी यस्तो व्यवस्था गर्न लागेको जानकारी दियो ।

Royal Enfield Island Ad

डीआईजी लामाले भने, “सडक दुर्घटनामा सबैभन्दा धेरै चालकको लापरबाही छ, ट्रायल सेन्टरमा पास गरेर मात्र हुँदैन, सवारी साधन सडकमा गुडाउने हो । उनीहरुको सडकमा गुडाउने क्षमता हेरेर मात्र लाइसेन्स दिँदा राम्रो हुन्छ ।  यातायात व्यवस्था विभागसँग कुरा भइसकेको छ, केही दिनमा मापदण्ड बनाएर लागु हुन्छ ।”

उपत्यकाभित्रै दायाँ मोड्न नपाइने  
काठमाडौं उपत्यकाभित्रका १० स्थानका सडकमा अबदेखि दायाँबाट मोड्न नपाइने भएको छ । 

काठमाडौंको त्रिपुरेश्वरदेखि कालीमाटीसम्म, कनक पेट्रोल पम्पदेखि नयाँ बाटोसम्म  दायाँबाट सडक मोड्न नपाइने भएको छ । 

त्यसैगरी माईतीघरदेखि कृष्ण पाउरोटी सडक, कुमारी मोडदेखि शंकरदेव क्याम्पस, पुरानो वानेश्वर चोकबाट भिमसेनगोलातर्फ जान नमिल्ने भएको छ ।

त्यस्तै कान्तीपथ ज्याठा गल्ली, न्युरोड पिपलबोड संकटा मोड, ज्ञानेश्वर ओरालो, त्यस्तै गरी ललितपुरको कानदेवताथान, हनुमानस्थान, ईनारमोड, साझा, बखुल्डोल, दमकलमोसम्मको सडकखण्डमा दायाँ तर्फबाट मोड्न नपाईने व्यवस्था कायम गरिएको महानगरीय ट्राफिक प्रमु्ख डीआईजी लामाले बताए । 

लामो रुटका गाडी अब बसपार्कमा मात्र रोकिने 
लामो रुटका गाडीहरु अबदेखि बसपार्कमा मात्र रोकिने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आइतबार भएको पत्रकार सम्मेलनमा डीआईजी लामाले लामो रुटका सवारी साधन उपत्यकको रिङरोड भित्र गुड्ने गरेका कारण सवारी जाम हुने गरेको भन्दै अबदेखि बसपार्कमा मात्र रोकिने व्यवस्था सुरु हुन लागेको उनले जनाए । 

“नीतिगत निर्णय हुन बाँकी छ,” उनले भने, “लामो रुटका ठूला गाडीहरु रिङरोड घुम्न जान थालेका कारण सवारी जाम बढ्यो ।”

उपत्यका भित्रिने चार नाकामा गाडी धुने मेसिन राखिने 
उपत्यका बाहिरबाट आउने हिलो बोकेका सवारी साधनका कारण उपत्यकाको वातावरण फोहोर भएको भन्दै अबदेखि उपत्यका भित्रने फोहोर गाडी सफा गरेर मात्र उपत्यका भित्र्याउने व्यवस्था गर्न लागेको लामाले जानकारी दिए ।
उपत्यकाका चार नाकामा कार वासिङ राखिने डीआईजी लामाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १८, २०७४  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro