site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोप बन्‍नेबित्तिकै नेपालले ६० लाख वटा पाउने !

काठमाडौं । कोरोना भाइरस संक्रमण देखिएको ११ महिना बित्दा पनि नियन्त्रणमा आएको छैन । चीनको वुहानमा गत डिसेम्बरको अन्तिममा पहिलोपटक देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म विश्‍व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्‍वका २२० देशका ५ करोड ५९ लाख २८ हजार ३०७  जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण हालसम्म विश्‍वमा १३ लाख ४४ हजार तीनजनाको मृत्यु भइसकेको छ । तर हाल विश्‍व नै खोपको प्रतीक्षामा छ ।

पछिल्लो समय दुई कम्पनीले आफूहरुले विकास गरेको खोप निकै प्रभावकारी बनेको दाबी गरेका छन् । ‘फाइजर र बायो एन टेक’ ले विकास गरेको खोपको प्रारम्भिक परीक्षणमा ९५ प्रतिशत सफल मानिएको छ । मोडर्ना कम्पनीले बनाएको खोपले भने ९५ प्रतिशत संक्रमण रोक्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Dabur Nepal

‘फाइजर र बायो एन टेक’ यी दुई कम्पनीले विकास गरेका खोपहरुले यही महिनाको अन्तिमसम्ममा आपत्‌कालीन रूपमा सर्वसाधरणमा प्रयोग गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर विश्‍व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई आमनागरिकले प्रयोग गर्न मिल्ने गरी अनुमति दिइसकेको छैन ।

यता नेपालमा पनि सरकारले कोरोना भाइरसविरुद्धको खोप बनेर बजारमा आएपछि तुरुन्तै ल्याउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले खोप बनेसँगै सरकारले ल्याउने तयारी गरेको बताएका छन् ।  खोप बनेको खण्डमा कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने प्रतिबद्धता रहेको पनि उनले जानकारी दिए । 

उनका अनुसार कोरोना भाइरसविरुद्धको खोप बनेपछि नेपाललाई ६० लाख खोप कोभ्याक्सले राष्ट्रपतिलाई पत्र लेखेर नै दिने प्रतिबद्धता जनाएको छ । “कोभ्याक्सले २० प्रतिशत खोप पनि निकै सस्तो मूल्यमा दिनेछ,” उनले भने, “यदि एक खोपको १० डलर परे २ डलर नेपालले तिनुपर्ने हुन्छ ८ डलर सहयोगमा आउँछ ।” कोभ्याक्सले सहुलियत मूल्यमा दिएको खोपले पुग्दैन । थप कुल जनसंख्याको ८० प्रतिशत खोपका लागि पनि नेपालले कूटनीतिक रुपमा पत्र पठाउने काम गरिरहेको उनले जानकारी दिए ।
 
उनले भने, “खोपको तेस्रो चरणमा पुगेका देशहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक रुपमा पत्र पठाएको छ ।” फ्रन्टलाइनर, स्वास्थ्यकर्मी र प्रहरी आदि जो व्यक्ति धेरै व्यक्तिसँग सम्पर्कमा आउँछन् हुन्छ, त्यस्तोले पनि पाउँछन् ।

यी हुन् कोरोना खोपका अग्रणी दाबेदार, कुन खोपको के विशेषता ? कहिले आउला खोप ?

नेपाललगायत कम आय भएका देशहरुमा पहिलो चरण कोभ्याक्सले सुरुमा उनीहरूको जनसंख्याको तीन प्रतिशतलाई पुग्ने खोप दिनेछ । त्यसले स्वास्थ्यकर्मी र सामाजिक स्याहारमा खटिने व्यक्तिहरूलाई समेट्ने बताइएको छ । कोभ्याक्स खोपबारे अध्ययन गर्न र सुझाव दिन सरकारले खोपविज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक श्यामराज उप्रेतीको संयोजकत्वमा समिति बनाएको छ । उक्त समितिले गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्धको खोप जी टु जी प्रक्रियाद्वारा खरिद गर्न स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति गठन गरिसकेको छ । 

तर उक्त समितिलाई स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको खोपविज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक उप्रेतीको संयोजकत्वमा समितिले खोपबारे अध्ययन गरेर सुझाव दिनेछ । 

मन्त्रालयका सह-सचिव डा. समीर अधिकारी कोरोनाविरुद्ध खोप बनेर आएको अवस्थामा हामीले प्रयोग गर्ने र कसरी तयारी गर्ने भन्‍ने विषयमा विश्‍व स्वास्थ्य संगठनमार्फत छलफल अगाडि बढेको बताउँछन् । उनले भने, “खोप बनेपछि नेपालमा ल्याउँदा गरिने ढुवानी, व्यवस्थापन र प्रयोग गर्ने तरिकालगायत समन्वय गरेर तयारी अगाडि बढाइएको छ ।”

उनका अनुसार पछिल्लो समय ९५ प्रतिशत सुरक्षित र प्रभावकारी मानिएको मार्डेना कम्पनीले विकास गरेको खोप, पूर्ण रुपमा खोप बनेर आएको अवस्थामा नेपालमा पनि अहिलेकै संरचनामै सहजै प्रयोग गर्न सकिन्छ । तर माइनस ७० डिग्री राख्नुपर्ने फाइजर कम्पनीको पूर्ण खोप बनेर आएको अवस्थामा अहिलेका संरचनाले काम गर्न नसक्ने जसका लागि पूरै खोप संरचना बनाउनुपर्ने अवस्था आउने उनले जानकारी दिए ।

उनले भने, “पहिला अन्य खोप दिँदा १२ वर्षमुनिका समूहका बढी थिए तर यो कोरोनाविरुद्धको खोप निश्‍चित समूह मात्र नभई विभिन्‍न उमेर समूहका कुल जनसंख्या केहीलाई मात्र नदिनुपर्ने हुन सक्छ ।”

खोपलाई सर्वसाधारणका लागि खुला गर्नुअघि सम्बन्धित निकायको स्वीकृति प्राप्त हुनुपर्छ । फाइजर कम्पनीले विकास गरेको खोपको दुई मात्रा तीन साताको अन्तरालमा दिनुपर्ने भएकाले खोपको परीक्षण सफल भए पनि भण्डारण ठूलो चुनौती रहेको बताइएको छ ।

तर मोडेर्नाको खोपले कोरोना भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराउने विधि प्रयोग गर्न  सकिने विज्ञहरुले बताएका छन् । यो खोपहरुसहित थप आठ खोप तेस्रो चरणमा पुगेका छन् । अक्सफोर्ड विश्‍वविद्यालय र एस्ट्राजेनेका यूके, क्यानसिनो चीन, गामालेया रिसर्च इन्स्टिच्युट रुस, जान्ससेन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म चीन, सिनोभाक र बुटानटान ब्राजिल, वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म चीन र नोभाभाक्स अमेरिका छन् ।

कोरोनाविरुद्धको खोप यसरी छनोट गरिन्छ 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपको छनोटमा प्रभावकारी,गुणस्तरमा ध्यान दिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले खोप छनोट गर्दा प्रयोग गर्न सजिलो  र प्रभावकारीसमेत हुनुपर्ने बताए । उनका अनुसार खोप गुणस्तरीय तर सस्तो पनि हुनुपर्छ । नेपालमा ल्याएका खोप नेपालमै अहिले भएका कोल्ड चेन्जले काम गर्ने उनले जानकारी दिए । उनले भने, “एकपटक खोप दिएपछि छोटो अवधिमा पटक-पटक लगाउनुपर्ने प्रकारको हुनुभएन ।”

माथिका सबै मापदण्ड पूरा गरेका खोपका लागि सरकारले आवेदन आह्‍वान गर्ने उनले जानकारी दिए । उनका अनुसार अहिले तेस्रो चरणमा पुगेका खोपको क्लनिक ट्रायल भएको खोप १२ वर्षभन्दा माथिका लागि मात्र हो ।

यसैगरी, सह-प्रवक्ता डा. अधिकारीका अनुसार नेपाल कोरोनाविरुद्धको खोप छनोट अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय मानिएका खोप मात्र खरिद गरिनछ ।

अहिलेसम्म नेपालमा खोपको क्लनिक ट्रायल भएको छैन
विभिन्‍न मुलुकमा विभिन्‍न चरणमा विकास भइरहेका कोरोनाविरुद्धको खोपको क्लनिकल ट्रायल भइरहेका छन् । तर नेपालमा हालसम्म पनि कुनै पनि खोप विकास गरेका कम्पनी क्लनिक ट्रायल नआएको स्वास्थ्य अनुसन्धान परिषद्‌ले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार खोपको क्लनिक ट्रायलका लागि अहिलेसम्म गरिएको छैन । खोप बन्‍ने अवस्थामा क्लनिकल ट्रायल गरिने हो तर खोप बनेर आएको अवस्थामा सर्भिलेन्स गर्न सकिने उनले जानकारी दिए । उनले भने, “रेमडेसिभिर खोपको अहिले क्लनिकल ट्रायल गरेको हो ।” अहिले खोपका लागि ट्रायल गर्न आग्रह कुनै पनि कम्पनीले गरेका छैनन्, यदि कसैले आग्रह गरे दिन सकिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro