site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रिपोर्ट नेगेटिभपछि पनि लामो समयसम्म किन देखिन्छ कोरोनाको लक्षण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमण मुक्त भए पनि लामो समयसम्म असर देखिने गरेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सविन थपलियाका अनुसार कोरोना संक्रमण मुक्त भएका व्यक्तिहरु लामो समयसम्म छातीको समस्या लिएर आउने गरेका छन् । आफूसँग सम्पर्कमा रहेका केही बिरामीमा पनि छातीको समस्या चारदेखि ६ सातासम्म देखिएको उनले बताए ।

उनले भने, “पछिल्लो समय ४/५ दिनअघि कोरोना नेगेटिभ रिपोर्ट आएको तर खोकी, शरीर दुख्ने, थकान लाग्ने र श्वासप्रश्वासको समस्या देखियो भन्दै आउने बिरामी बढ्न थालेका छन् ।” ठ्याकै यति नै प्रतिशतलाई लामो समयसम्म कोभिडका लक्षण देखियो भन्न भने नसकिने पनि उनले बताए ।

उनका अनुसार कोरोनाका कारण सिकिस्त भएकालाई लामो समयसम्म ६ सातादेखि १२ सातासम्म लक्षणहरु देखिन सक्ने विभिन्‍न अध्ययनले देखाएको छ । उनले भने, “पहिलाको तुलनामा अहिले लक्षणसहितका कोरोना संक्रमित मुक्त व्यक्तिहरुमा लामो समयसम्म समस्या देखिएको पाइएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा पनि कोरोना संक्रमण मुक्त भएकाहरुमा एकदमै थकान लाग्ने, भर्‍याङ उक्लिन नसक्ने, छाती गह्रौँ हुने, मुटु धकधक  गरेजस्तो हुनेलगायत समस्या लिएर आउने गरेका बताए । उनका अनुसार कोरोना संक्रमण देखिएको दुईदेखि तीन सातामा संक्रमणमुक्त  हुनुपर्ने हुन्छ तर त्यसपछि पनि नियमित लक्षण देखिरहन्छ भने त्यसलाई लङ कोभिड भनिन्छ ।

लङ कोभिड (पोस्ट एक्वइट कोभिड १९) शरीरमा लामो समयसम्म रहन सक्ने विभिन्न अध्ययनले देखाएको छ । इङ्ल्यान्डमा कोरोना संक्रमण देखिएका १० प्रतिशतमा निरन्तर थकान महसुस हुने, खोकीको समस्या देखिएको र अमेरिकामा कोरोना निको भएको ३५ प्रतिशतमा तीन सातासम्म पनि नियमित काममा फर्कन नसकेका विभिन्न रिपोर्टले देखाएको उनले जानकारी दिए । उनका अनुसार केही संक्रमण मुक्त भएका व्यक्तिमा मानसिक समस्या देखिने गरेको पनि पाइएको छ । 

Global Ime bank

कोरोना संक्रमणले फोक्सोमा रहेको असर निको हुन ६ साता लाग्ने जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी बताउँछन् । उनले भने, “कोरोना संक्रमणबाट शरीर कमजोर भएको हुन्छ ,जसले गर्दा अन्य संक्रमण हुने जोखिम बढी हुन्छ ।”

उनका अनुसार कोरोना संक्रमितमा एक प्रकारको साइकोलोजिकल समस्या पनि देखिने हुन्छ । आइसोलेसनमा बस्दा कोरोना संक्रमितलाई चिकित्सकले राम्रोसँग परामर्श दिनुपर्छ । ‘‘त्यस्तो हाम्रोमा अझै हुन सकेको छैन,’’ उनले भने ।  कोरोना निको भएका व्यक्तिहरु चारदेखि ६ साता बेग्लै बस्न उनको सुझाव छ ।

कोरोनाका बिरामीमा श्वास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्‍निने र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघ्ने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत समस्या देखिएका मरासिनी  बताउँछन् । उनका अनुसार मानसिक स्वास्थ्य समस्याहरूमा डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता रहेको पाइन्छ । 

असोजमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा समेत कोरोना निको भएका व्यक्तिमा चार सातासम्म विभिन्न समस्या देखिएको थियो । परिषद्ले देशभरबाट संक्रमणमुक्त भएका ५ सय ७७ जनामा अध्ययन गर्दा उनीहरुमा संक्रमणमुक्त भएको लामो समयसम्म पनि स्वास्थ्यमा समस्या पाइएको परिषद्का डा. प्रदीप ज्ञवाली बताउँछन् ।

कोरोनाबाट मुक्त भएका वयस्क युवा पनि लामो समयसम्म बिरामी हुनसक्ने अध्ययनले देखाएको छ । ७० जना दीर्घरोगीसमेत सामेल सो अध्ययनमा १५ प्रतिशतमा संक्रमणमुक्त भएपछि पनि तनावलगायत समस्या रहेको अध्ययनले देखाएको थियो । अध्ययनअनुसार ३५ प्रतिशत निको भएका युवालाई दुईदेखि तीन सातासम्म रुघा लाग्नुका साथै थकानको महसुस हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका कारण शरीरमा पर्ने असर व्यापक भएकाले निकै कम उमेरमै मुटुसम्बन्धी समस्याहरू हुनसक्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय