site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘भर्चुअल दसैँ मनाऔँ, कोरोना संक्रमणबाट बचौं’

काठमाडौं । यसपालि कोरोना संक्रमणबीचको दसैँ । काठमाडौंबाट गाउँ जाने क्रम रोकिएको छैन । तर चिकित्सकहरुले काठमाडौं उपत्यकामा फैलिएको कोरोना संक्रमण गाउँमा बसेका अग्रजलाई सार्ने दर बढेकामा चिन्ता व्यक्त गरेका छन् ।

मिर्गौला रोग विशेषज्ञ डा. नारायण भुसालले काठमाडौंमा फैलिएको कोरोना संक्रमण गाउँ-गाउँमा पुग्‍न थालेको बताए । “काठमाडौंमा रहेका आफन्त दसैँ मनाउन गाउँमा जाँदा घरमै बसेका आफन्तजनलाई सार्नेदर एकदमै बढेको छ,” उनले भने, “अझै पनि ८० प्रतिशत संक्रमित त लक्षणविहीन छन् ।”

नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको उनी बताउँछन् । ‘‘नेपालमा कोरोना संक्रमण युवामा बढी देखिएको छ, जसले गर्दा मृत्यु दर कम देखिएको छ,’’ उनले भने । तर ज्येष्ठ नागरिकमा संक्रमण बढे मृत्युदर पनि बढ्ने भन्दै उनले हेलचेक्रयाइँ नगर्न सुझाए । उनले दसैँपछि कोरोना संक्रमण झन् बढ्नसक्ने पनि बताए ।

Dabur Nepal

उनका अनुसार मिर्गौलाको डाइलासिस र प्रत्यारोपण गरेका बिरामीहरु कोरोनाको उच्च जोखिममा छन् । “मिर्गौला प्रत्यारोपण गरेका चार जनामध्ये एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको देखिएको छ,” उनले भने । कोरोना संक्रमणबाट जोगिन सबै सचेत रहनुपर्ने उनले बताए ।

मिर्गौलाका बिरामीले प्रोटिनयुक्त खानेकुरा जस्तै माछा-मासु धेरै खान नहुने पनि उनले बताए । यस्तै सागसब्जी खाँदा पनि उमालेर खान उनको सुझाव छ ।

यस्तै मुटु रोग विशेषज्ञ डा. प्रकाश रेग्मीले कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले योपटकको जहाँ छौं त्यही बसेर शाहाकारी दसैँ  मनाउन आग्रह गरेका छन् । “घरमै भएका दालभात, तरकारी गेडागुडी र अन्डालगायत परिकार बनाएर खाऔँ,” उनले भने, “भर्चुअल दसैँ मनाऔँ ।” दसैँमा कसैको घरमा नजाने र कसैलाई आउन पनि नदिन उनको आग्रह छ ।

उनका अनुसार घरमै नियमित व्यायम, ध्यान गर्ने, घाम ताप्‍ने गर्नुपर्छ । खानामा जंकफुड, बट्टामा राखिएका तयारी खानेकुरा नखान पनि उनको सुझाव छ । “रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा सन्तुलित खानेकुरा खाने र राम्रोसँग निद्रा पुग्ने गरी सुत्ने गर्नुपर्छ, ” डा. रेग्मीले भने ।
 
योपटकको दसैँ परिवारका सदस्यसँग घरभित्रै मनाउँदा संक्रमणको जोखिम कम हुने उनी बताउँछन् । घरमा दीर्घरोगी भए आफैंले रक्तचाप, अक्सिजन र ज्वरो परीक्षण गर्न सकिने उनले बताए ।

यस्तै छाती तथा श्‍वासप्रश्‍वास रोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि कोरोना महामारीबीच स्वस्थ्य दसैँ मनाउन आग्रह गरेका छन् । मास्क लगाउने, साबुन पानी हात धुने वा स्यानिटाइजर र सामाजिक दूरी कायम गर्ने नै कोरोनाबाट बच्‍ने उपाय सदैव ख्याल राख्‍नुपर्ने उनले सुझाए । उनले सहरबाट गाउँघर अर्थात् नयाँ ठाउँमा पुग्दा नयाँ व्यक्तिसँग भेट्दा सामाजिक दूरी कायम गर्नुका साथै अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । 

यसअघिका दसैँमा अग्रज, बुबाआमाका हातबाट टीका थाप्‍ने र खानपान गरे पनि योपटक भिड नगरी, छिटो र सामाजिक दूरी कायम गरेर मनाउनुपर्ने उनले सुझाव दिए । सकेसम्म ज्‍येष्ठ नागरिक भएका ठाउँमा घर घर गएर टीका नलगाउन डा. ढुंगानाले आग्रह गरे ।

उनले भने, “योपटकको दसैँको आशीर्वाद भर्चुअल माध्यमबाट लिऔँ । यस्तो गरे कोरोना संक्रमणको दर घटाउन सकिन्छ ।” उनले कोरोनाका लक्षण भएका व्यक्तिहरु दीर्घ रोगी र ज्‍येष्ठ नागरिकका नजिक नजान पनि आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro