site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिनमा साढे दुई लाखले राजधानी छाडे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विभिन्न जिल्लाबाट काम, अध्ययन तथा अन्य सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका करिब साढे दुई लाखले स्थानीय तहको निर्वाचनका लागि राजधानी छाडेका छन् । पर्सि (बुधबार) १, ५ र ७ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ । ३ नम्बर प्रदेशमा पर्ने काठमाडौं उपत्यकामा भने गत जेठ ३१ गते नै निर्वाचन भइसकेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको तीन दिनयता ३१ हजार सवारीसाधन काठमाडौंबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । ती सवारीसाधनमा करिब २ लाख ५० हजार यात्रुले काठमाडौं छाडेको प्रहरीको तथ्यांक छ । हवाई मार्गबाट पनि उत्तिकै संख्यामा यात्रुले काठमाडौं छाडेको अनुमान छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ट्राफिक प्रहरीका अनुसार १० गते १० हजार ५ सय सवारी साधनमा ८६ हजार ९ सय ३३ जना यात्रु बाहिरिएका छन् । त्यसैगरी आइतबार १० हजार १ सय सवारीसाधनमा ८७ हजार ३ सय ९९ जना यात्रु बाहिरिएका छन् भने आज (सोमबार) बिहानसम्म १० हजार ५ सय ८० सवारीसाधनमा ७३ हजार ३ सय ३५ जना यात्रु राजधानीबाट बाहिरिएका छन् । 

केही दिनयता राजधानी बाहिर जानेहरुको संख्या उल्लेख्य बढ्न थालेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

Royal Enfield Island Ad

असार १४ गते बुधबार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ । ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणमा चुनाव हुन लागेको हो । यो निर्वाचनमा एक महानगर, ७ उपमहानगर, १०१ नगरपालिका, २१५ गाउँपालिकाका ६४ लाख ३२ हजार ७६५ मतदाताले भाग लिनेछन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ । बुधबार हुने निर्वाचनका लागि मतदाता परिचयपत्र मंगलबारसम्म लिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १२, २०७४  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro