site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक घण्टामै नतिजा आउने एन्टिजेन परीक्षण कसरी गरिन्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ नेशनल टेष्टिङ् गाइडलाइन चौथो संशोधन गरेसँगै एन्टिजेन परीक्षणका लागि स्वीकृत गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एन्टिजेन किटबाट कोरोना परीक्षणको नतिजा आधादेखि एक घण्टामा आउने जानकारी दिए ।

“पीसीआर परीक्षणका लागि स्वाब लिएजस्तै एन्टिजेन परीक्षणका लागि पनि नाक वा मुखबाट स्वाब लिइन्छ,”उनले भने, “स्वाब एउटा बफरमा राखेर मिक्स गरेर परीक्षण गरिन्छ,जसको नतिजा आधादेखि एक घण्टामा आउँछ ।”

एन्टिजेन भनेको भाइरसकै डिटेक्सन गर्ने भएकाले फल्स पोजेटिभ आउने सम्भावना कम हुने उनको भनाइ छ ।  एन्टिजेनमा कोरोना (पोजेटिभ) संक्रमण देखिएमा थप अन्य परीक्षण गर्न नपर्ने उनले बताए । उनलेभने,“एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएमा थप पीसीआर परीक्षण गर्नुपर्दैन तर संक्रमित आइसोलेसनमा बस्नुपर्छ । ”

उनका अनुसार विदेशबाट आएका वा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा एन्टिजेन नेगेटिभ देखिएमा होम आइसोलेन वा क्वारेन्टिन बस्‍नुपर्छ । बस्दा लक्षण देखिएमा थप पाँचदेखि सात दिनमा पीसीआर गर्नुपर्ने उनले बताए । उनले भने, “एन्टिजेन परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ तर लक्षण छ भने पीसीआर परीक्षण  गर्नुपर्छ ।”

उनका अनुसार यदि एन्टिजेनमा परीक्षण गर्दा नेगेटिभ देखियो र लक्षण समेत छैन भने एक सातासम्म थप हेर्दा समेत कुनै पनि लक्षण नदेखिएमा परीक्षण गर्नुपर्दैन । पीसीआर परीक्षण नभएको स्थानका लागि एन्टिजेन निकै उपयोगी हुने उनले बताए ।

उनले भने,“पीसीआर परीक्षण स्वाब लिएर नै गरिने हो । तर, नतिजा २४ देखि ७२ घण्टामा आउँछ तर जसलाई आधा घण्टा भित्रमा कोरोना परीक्षणको रिपोर्ट चाहिएको छ । त्यस्ताका लागि यो निकै उपयोगी हुन्छ ।”

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ । प्रयोगशालाहरुले एन्टिजेन परीक्षण गर्न इच्छा देखाएका तर गाइडलाइन नहुँदा सुरु भएको थिएन तर अब सुरु हुने उनले बताए । उनले भने, “अब प्रयोगशालाहरुले एन्टिजेन परीक्षणका लागि आवेदन दिन सक्नेछन् । ”

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने गाइडलाइनमा उल्लेख छ । एन्टिजेन्ट परीक्षणको शुल्क एक हजार तोकिएको छ । स्वास्थ्य सेवा विभागलाई पत्र पठाइ एफडिए, इयुएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरु मात्र स्वीकृत गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro