site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाइ प्रोफाइलमा कोरोना– सत्ता नजिककालाई मात्रै सोधखोज हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका विभिन्न राजनीतिक दलका नेताहरुमा कोभिड–१९ का कुनै लक्षण देखिएको छैन । कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले आफूमा कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएको प्रतिक्रिया दिएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापामा कोभिड–१९ को कुनै पनि लक्षण देखिएको छैन । “हामीहरुको टेस्टमात्रै पोजेटिभ आएको हो । तर, हामीमध्ये कसैलाई पनि लक्षण देखिएको छैन । सबै जना होम आइसोलेसनमा बसेका छौं,” प्रेस सल्लाहकार थापाले बाह्रखरीसँग भने ।

उनले आफूमा ज्वरो आउने, शरीर, टाउको दुख्ने, स्वाद–गन्ध थाहा नपाउने कुनै पनि लक्षण नभएको जानकारी दिए । प्रधानमन्त्री ओलीका सल्लाहकारहरुमा असोज १७ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रेस सल्लाहकार थापाकाअनुसार बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीदेखि सुरक्षाकर्मी गरी ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै प्रमुख प्रतिपक्षी कांग्रेसका कोरोना संक्रमित नेताहरुमा पनि कोभिड–१९ को कुनै लक्षण देखिएको छैन । असोज १७ गते शनिबार कांग्रेसका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी, रमेश रिजाल र अजयकुमार चौरसियामा र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण देखिए थियो ।

जसमध्ये केन्द्रीय सदस्य चौरसियाले गत आइतबार गरेको पुनः परीक्षणका क्रममा  रिपोर्ट नेगेटिभ आइसकेका छ । बाँकी केन्द्रीय सदस्यहरु सबै होम आइसोलेसनमा बसेका छन् ।

Global Ime bank

उनीहरुले आफूमा कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएको जानकारी दिएका छन् । “होम आइसोलेसनमा छु । ममा कुनै पनि लक्षण देखिएको छैन । अक्सिजनको मात्रा, फिभर, ब्लड प्रेसर, सुगर सबै ठीक छ,” केन्द्रीय सदस्य केसीले भने, “साधारण रुघाखोकी छ, यो त सामान्य हो । बाँकी स्वाद–गन्ध सबै थाहा पाएकै छु ।”उनले आफूले समाजिक दूरी कायम गरेर भेटघाटसमेत जारी राखेको जानकारी दिए । “१० मिटरको दूरीमा डोरी बाँधेर राखेको छु । भेट्न आउने नेता–कार्यकर्ता, आफन्त, शुभचिन्तकहरुसँग मैले भेटघाट जारी राखेकै छु,” केसीले भने ।

यस्तै केन्द्रीय सदस्य थापाले पनि आफूमा कुनै प्रकारको कोभिड–१९ को लक्षण नदेखिएको जानकारी दिए । “मलाई कुनै पनि लक्षण देखिएको छैन । ३–४ दिनपछि फेरि टेस्ट गर्नुपर्ला,” उनले भने । नेता थापाको घरमा अन्य चार जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनका बुवा, आमा, काका र बहिनीमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

“मेरो घरमा आमा, बुवा, काका र एक जना बहिनीलाई पनि संक्रमण देखिएको छ । हामी सबै जना होम आइसोलेसनमा छौं । कसैलाई पनि लक्षण देखिएको छैन,” नेता थापाले बाह्रखरीसँग भने ।

कांग्रेस केन्द्रीय सदस्य रिजालले पनि आफूलाई कोभिड–१९ को कुनै लक्षण नदेखिएको प्रतिक्रिया दिएका छन् । “खानाको टेस्टदेखि गन्धसम्म सबै थाहा पाइराखेको छु । मलाई ज्वारो, खोकी, टाउको दुखाई केही छैन,” उनले बाह्रखरीसँग टेलिफोनमा भने, “वीरगञ्ज घरमै आइसोलेट छु ।”

यसैबीच प्रतिपक्षी कांग्रेसका कोरोना संक्रमित नेताहरुले महामारीको कहरमा सरकार जिम्मेवारीबाट पन्छिइरहेको टिप्पणी गरेका छन् । नेता केसीले कोरोना भाइरस परीक्षणको नतिजा सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन सरकारी संयन्त्रले ढिलाई गरेर हेलचेक्र्याई गर्ने गरेको दाबी गरे ।

पीसीआर परीक्षण पछि नतिजा नेगेटिभ आउनेलाई चाँडो र पोजेटिभ नतिजा आउनेलाई ढिलो गरी खबर गर्ने सरकारी संयन्त्रको कामले महामारी भयावह हुन सक्ने उनको भनाइ छ ।

“सरकारी संयन्त्रको काम गराइको शैली ठीक भएन । सँगै स्वाब दिएका हामीहरुमध्ये नेगेटिभ आएकालाई शनिबार बेलुकीनै खबर गरिएछ,” केसीले भने, “तर म पोजेटिभ रहेछु मलाई आइतबार ११ः३९ बजेमात्रै जानकारी दिइयो । यो काम गराइ नै भएन । पोजेटिभ आएकोलाई तत्काल खबर गरेर आइसोलेसनमा बस्न सल्लाह दिनुपर्ने होइन र ?”

यस्तै अर्का नेता थापाले पनि आफूमा संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अन्यलाई कन्ट्याक ट्रेसिङका लागि सरकारी संयन्त्रले कुनै पहल नगरेको बताए । “मसँग महामारी नियन्त्रण महाशाखाले सम्पर्क गर्न खोजेको रहेछ । पछि म आफैँले फोन गरेको थिएँ,” उनले भने, “स्थानीय निकायबाट जानकारी लिनका लागि मान्छे आउँछ भनिएको थियो, मसँग डिटेल माग्छन् भनियो तर आजसम्म पनि कोही आउनुभएको छैन ।”

नेता थापाले आफूसँग सम्पर्कमा आएका मानिसहरु आफैँले पीसीआर परीक्षण गराउन गए पनि नतिजा ढिलो गरी आउने गरेको जानकारी पाएको पनि बताए ।  “सिस्टम बसाउनु पर्‍यो भनेर लामो समयदेखि सरकारलाई भन्दै आएको थिएँ । सिस्टम पटक्कै रहेन छ । आज आफू आफैँ पर्दा थाहा पाएँ,” उनले भने ।
तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने आफूसँग स्वास्थ्यमन्त्रीदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले सम्पर्क गरेर जानकारी लिएको प्रतिक्रिया दिए । 

“स्वास्थ्यमन्त्री, नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालयबाट फोन आएको थियो,” उनले भने, “मेरो कन्ट्रयाक्ट ट्रेसिङको काम भएको छ ।”

यस्तै कांग्रेस केन्द्रीय सदस्य रिजालले पनि आफूलाई दुई पटक स्वास्थ्य मन्त्रालयबाट फोन आएको प्रतिक्रिया दिए । “मलाई दुई पटक फोन आएको थियो । केही समस्या भए हस्पिटल जानु, डाक्टरसँग सम्पर्क गर्नु भनेका थिए,” उनले भने । तर, कांग्रेस केन्द्रीय सदस्य केसीले आफूलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको सचिवालयबाहेक कतैबाट फोन नआएको बताए ।  

 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !