site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अझै अघि बढेन नेपालमा कोरोनाविरुद्धको खोपको 'क्लिनिकल ट्रायल'

काठमाडौं  । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको 'क्लिनिकल ट्रायल' गर्न विभिन्‍न देशका कम्पनीहरुले नेपालमा परीक्षण गर्न चासो दिएका छन् । 

खोपको क्लिनिकल ट्रायलका लागि प्रायोजन कम्पनी खोजिरहेको स्वास्थ्य अनुसन्धान परिषद्‌का सदस्य सचिव डा. प्रदिप ज्ञवाली बताउँछन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयमा खोप सल्लाहकार समितिले 'क्लिनिकल ट्रायल' कसरी गर्ने भन्‍ने विषयमा छलफल गरिरहेको छ, त्यसबाट आउने निर्णयको पर्खाइमा स्वास्थ्य अनुसन्धान परिषद रहेको छ ।

उनका अनुसार चीनमा विकास भएका कोरोनाविरुद्धको खोप बनाउने कम्पनीसँग छलफल केही दिनअघि भएको थियो । 'क्लिनिकल ट्रायल'का लागि पुरै सहयोग गर्ने भनेको छ । नेपालका लागि रुसी राजदूतले खोपको 'क्लिनिकल ट्रायल'का लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस विषयमा परराष्ट्रय मन्त्रालयमार्फत पनि छलफल भइरहेको डा. ज्ञवालीले जानकारी दिए ।

Dabur Nepal

अन्य देशमा कुनै खोप प्रभावकारी देखिए पनि त्यसको नेपालमा प्रयोग थालिहाल्नु अगाडि अध्ययन भने गर्नुपर्ने उनले बताए । उनले भने, “कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीहरुले 'क्लिनिकल ट्रायल' गर्न तयार छौं भनेर आएमा हामी अनुमति दिन तयार छौं ।”

उनका अनुसार खोपको 'क्लिनिक ट्रायल' गर्दा छिटो नेपाल पाउँछ-पाउँदैन, ट्रायल गर्दा शर्त राखिएको हुन्छ । त्यो शर्त पालना भएको हुनुपर्छ । 

उनले भने, “अन्य देशमा काम गरेको खोपले यहाँ काम नगर्न पनि सक्छ । खोपको 'क्लिनिकल ट्रायल' गर्दा त्यो थाहा हुन्छ । अर्को खोपको क्लिनिकल ट्रायल गर्दा खोप पास भएपछि समयमै खोप पाउने हुन्छ ।” 

क्लिनिकल ट्रायल कहिलेबाट हुन्छ ठ्याकै भन्‍न नसकिने उनले बताए ।  उनले भने,“सरकारले तेस्रो चरणमा पुगेका कोरोनाविरुद्धको खोपको 'क्लिनिकल ट्रायल' गर्न चाहन्छौं भनेर आह्वान गरेमा खोप विकास गरेको कम्पनी ल्याउन सकिन्छ ।”

कोभिड-१९ खोपका लागि अग्रिमरूपमा गाभीले गरेको प्रतिबद्धतामा सहभागी हुनका लागि नेपालले भदौ ४ गते आशयपत्र बुझाएको गाभी सचिवालय तथा कोभ्याक्स सुविधाले जनाएको थियो । यदि तेस्रो चरणको ट्रायल पास गरेका खोपहरु गाभीले २० प्रतिशत दिन्छ । तर ८० प्रतिशत पहिला नै 'क्लिनिक ट्रायल' गरेर बुक गर्न सकिन्छ ।

तेस्रो चरणमा पुगेका खोपमध्ये रुसको गामालेय, अक्सफोर्ड विश्वविद्यालय-एस्ट्राजेनेका  र चिनियाँ खोपहरुको क्लिनिकल ट्रायल गर्ने विषयमा छलफल भइरहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro