site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरी मुख्यालयले रिक्त पदहरुको बढुवा तयारी गरेको छ । 
बढुवा समिति बनाएर कुन कुन पदको बढुवा चुनाव अगाडि र कुन पछाडि गर्ने भन्ने तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार केहि दिनमा नै प्रहरीको बढुवा गर्ने तयारी छ । त्यसका लागि गृहकार्य सुरु भइसकेको छ । 
प्रहरी संगठनभित्रको बढुवा रोकिँदा प्रहरीको वृत्तिविकासमा प्रभाव पारेको भन्दै केही दिनअघि गृहमन्त्रीले फटाफट बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । 
बढुवा रोकिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दश, एसपी १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक २ सय ५० भन्दा बढी पद रिक्त रहेका छन् । 
समयमा नै बढुवा नहुँदा केही प्रहरीले उमेर हदका कारण अनिवार्य अवकाशसमेत पाइसकेका छन् । 
जनार्दन शर्मा गृहमन्त्री भएलगत्तै बढुवाको प्रकृया अगाडि बढाउन निर्देशन दिएपछि प्रकृया सुरु भएको स्रोतले बाह्रखरीलाई बतायो । 
नियमअनुसार माथिल्लो तहबाट बढुवा गर्नुपर्ने प्रावधान भए पनि कुन पदमा पहिले बढुवा गर्दा सहज हुन्छ, त्यसको बढुवा गर्ने तयारी भइरहेको प्रहरी उच्च स्रोतले बताएको छ । 
एआईजीमा कति पद रिक्त हुने भन्ने अन्योल छ, जसका कारण पनि डीआईजी बढुवा पहिले हुने देखिन्छ । अहिले बढुवा भएका डीआईजीमध्येबाट नै महानिरीक्षक प्रकाश अर्यालको कार्यकालपछि महानिरीक्षकमा बढुवा हुनेछन् । 
प्रहरी नियमावली २०७१ अनुसार आगामी कात्तिकसम्म कार्यसम्पादन मूल्यांकन बुझाउने अवधि छ । आर्थिक वर्षको अन्त्यसम्म बढुवा नगरिए प्रकृया लम्बिँदै जाने र झनै झन्झटिलो हुनेछ । त्यसैले गृहमन्त्री शर्माले फास्ट ट्रयाक अपनाएर भएपनि बढुवा प्रक्रिया अघि बढाउन प्रहरी प्रमुखलाई निर्देशन दिएपछि बढुवाको बाटो खुलेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १, २०७४  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro