site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेल समूहको विरोधका बीच देउवा थप विभाग गठनको तयारीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच सभापति शेरबहादुर देउवाले थप केन्द्रीय विभाग गठनको तयारी गरेका छन् ।

यसअघि गठन र विस्तार गरिएका विभागहरु खारेजको माग गर्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको राणनीति बनाइरहेका बेला सभापति देउवाले थप नौ विभागहरु गठनको तयारी गरेका हुन् ।

सभापति देउवाले गठन हुन बाँकी रहेका ३७ मध्ये नौवटा विभाग विस्तारको तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उपसभापति विजयकुमार गच्छादारले सिफारिस गरेका नेताहरुलाई प्रमुख तोकेर तीनवटा विभाग र संस्थापनपक्षीय ६ जनालाई प्रमुख तोकेर विभागहरु गठन गरिने ती नेताको भनाइ छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

संस्थापनइतर पक्षको बहिष्कारबीच गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ वटा विभागलाई बढाएर ४७ बनाउने निर्णय गरेको थियो । जसमध्ये सभापति देउवाले २० विभाग यसअघि नै गठन गरेर विस्तारसमेत गरिसकेका छन् ।  

सभापति देउवाका विश्वासपात्र मध्येका एक ती केन्द्रीय सदस्यले नयाँ विभाग गठनको मिति तय नभए पनि इतर समूहले गर्ने भनिएको आन्दोलनको पूर्वसन्ध्यामा गठन गर्ने तयारीमा आफूहरु रहेको पनि जानकारी दिए ।

Global Ime bank

सभापति देउवाले पछिल्लो समय गठन गरेका केन्द्रीय विभागलगायत क्रियाशील सदस्यता वितरणमा गरेको हस्तक्षेप फिर्ताका लागि दबाब दिन इतर समूह चरणवद्ध आन्दोलनमा जाने तयारी गरिरहेको छ ।

सभापति देउवाविरुद्ध गरिने चरणबद्ध आन्दोलनका लागि सहकार्य गर्न इतर समूहले गत शनिबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग पनि छलफल गरेको थियो । दुवै समूहका नेताहरुको संयुक्त ‘भर्चुअल’ बैठकमा सभापति देउवालाई निर्णयहरु फिर्ता लिन दबाब दिन चालिने सम्भावित दबाबका कार्यक्रमहरुका बारेमा छलफल गरेका थिए ।

जसमा सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमूलक कार्यक्रमबारे ‘भर्चुअल’ बैठकमा छलफल भएको बताइएको छ ।

विधानले व्यवस्था गरेको समयावधिभित्रै सहमतिमा विभाग गठनको प्रयास गर्दा असहयोग गर्दै आएको समूहले पछिल्लो समय चरणबद्ध आन्दोलनमा जाने तयारी गरेपछि संस्थापन पक्ष थप आक्रामक रुपमा अघि बढ्न लागेको ती नेताको आशय छ ।

“सभापतिजीले सुरुमै विभाग गठनका लागि रामचन्द्र दाइसँग नामावली माग्नुभएको थियो । उहाँले नामावली दिनुभएन,” संस्थापन पक्षीय केन्द्रीय सदस्यले भने, “हामीले उति बेला नै विभाग गठन गरेर अघि बढौंभन्दा सभापतिजीले सहमतिमै विभाग गठन गर्छु भन्नुभयो । महाधिवेशन आइसक्दा पनि विभाग गठन नगर्ने ?”

यसैबीच सभापति देउवाले अमेरिकामा रहेको पार्टीको जनसम्पर्क समितिको नेतृत्व परिवर्तनको पनि तयारी गरेका छन् । पार्टीको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका कारण नेतृत्व परिवर्तनको तयारी भएको बताइएको छ ।

“पार्टीको विधानअनुसार माथिल्लो तहमा निर्वाचित वा मनोनीत भए तल्लो तहको पद स्वतः जाने भएका कारण अमेरिका जनसम्पर्क समितिका सभापति परिवर्तन हुन लागेका हुन्,” संस्थापन पक्षीय केन्द्रीय सदस्यले भने, “अमेरिकाका सभापतिजीले पद त्याग्नुहुन्छ । त्यहाँ नयाँ नेतृत्व आउँछ ।”

ती नेताका अनुसार भारतमा रहेको जनसम्पर्क समितिका सभापति बालकृष्ण पाण्डेय पनि पार्टीको केन्द्रीय आमन्त्रित सदस्य छन् । तर, उनले आमन्त्रित केन्द्रीय सदस्य पद त्यागेर जनसम्पर्क समितिको सभापतिमै बस्ने मनशाय राखेको बताइएको छ ।

पाण्डेयले भारतको जनसम्पर्क समिति सभापतिमा यथावत् बसेर आमन्त्रित केन्द्रीय सदस्य त्यागेपछि रिक्त रहने आमन्त्रित केन्द्रीय सदस्यमा जर्मनीका पूर्वसभापति दिल गुरुङलाई मनोनयन गर्ने सभापति देउवाले तयारी गरेका छन् ।  

“पाण्डेयजीले इन्डियाको जनसम्पर्क समितिको सभापतिमै बस्ने इच्छा देखाउनुभएको छ । उहाँको ठाउँमा जर्मनीका पूर्वसभापति दिल गुरुङजीको आउने सम्भावना छ । युरोपका लागि उहाँ महत्वपूर्ण र सिनियर नेता हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !