site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

फाइल तस्बिर । 


काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम चैतदेखि नै नपाएको गुनासो गरेका छन् । अस्पतालले स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री अभाव भएको,  जोखिम भत्ता नपाएको, क्वारेन्टिनको राम्रो व्यवस्थापन नभएको कर्मचारीहरुले गुनासो गरेका हुन् । 

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले स्वास्थ्य सामग्रीको राम्रो व्यवस्थापन गर्न नसकेको स्वीकारेका छन् । मास्क, ग्लोब र पीपीईलगायतका स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्थापनमा चुनौती रहेको उनले बताएका छन् । सप्लार्यसले पनि स्वास्थ्य सामग्री समयमा नदिने र स्वास्थ्य सेवा विभागले थोरै दिने गरेको उनको गुनासो छ ।
 
क्वारेन्टिनको राम्रो व्यवस्था नहुनुको साथै आइसोलेसनमा राम्रो सेवा नपाएको र क्वारेन्टिनमा प्लास्टिकमा खाना दिने गरेको स्वास्थ्यकर्मीहरुको आरोप छ । तर अस्पतालका निर्देशक डा.सेन्चुरीका अनुसार एक दिन क्वारेन्टिनमा रहेका स्वास्थ्यकर्मीहरुलाई प्लास्टिकमा खाना दिएको गुनासो आएको भए पनि उक्त समस्या अहिले समाधान भएको छ । 

Dabur Nepal

उनकाअनुसार अस्पतालले आलोपालो व्यवस्था गरेको छ  । एक साता एउटा टिम र अर्को साता अर्को टिमले काम गर्छ । कोरोना संक्रमितको सम्पर्कमा आएका तर कुनै पनि लक्षण नभएका कोरोनाको परीक्षणको रिपोर्ट नआएसम्म स्वास्थ्यकर्मीहरुलाई सुन्धाराको एक होटलमा राख्‍ने व्यवस्था गरेको उनी बताउँछन् ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता र स्वास्थ्य सामग्रीका लागि कम रकम  निकासा गर्दा स्वास्थ्कर्मीलाई जोखिम भत्ता दिन समस्या भएको उनी बताउँछन् । 

“अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाइसके हामीहरुले कहिले पाउने भनेर स्वास्थ्यकर्मीहरु प्रश्न गर्छन्, आफूले मन्त्रालयमा जोखिम भत्ता माग गरेको तर मन्त्रालयले अहिलेसम्म पनि निकासा गरेको छैन्,” उनले भने । 

अस्पतालका आकस्मिक कक्षका एक चिकित्सकका अनुसार ग्लोभ्सको अभाव हुँदा सेवा दिन समस्या भएको छ । ती चिकित्सकले भने, “कोभिड र नन कोभिड बिरामी दुवैको उपचार गर्नुपर्ने चुनौती रहेको छ ।”

न्याम्सका कर्मचारीलाई तलब भत्तासमेत दिन नसकेको उनले गुनासो गरे । अस्पतालले हाल ३० जना स्वास्थ्यकर्मीहरुलाई  सुन्धारास्थित एक होटल क्वारेन्टिनमा राखिए भए पनि उक्त क्वारेन्टिन व्यवस्थित र राम्रो नभएको अस्पतालको कर्मचारी युनियनको गुनासो छ । 

लक्षण भएका संक्रमितलाई मात्र भर्ना 

अस्पतालका निर्देशक डा.सेन्चुरीका अनुसार अस्पतालका स्वास्थ्यकर्मी चिकित्सकलगायत हालसम्म २२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । 

उनका अनुसार अस्पतालले जाइका भवनको पहिलो र दोस्रो फ्ल्याटमा कोरोना संक्रमितका लागि आइसोलेनको  व्यवस्था गरेको छ । हाल अस्पतालको आइसोलेसनमा २४ जना कोरोना संक्रमित उपचाररत रहेको उनले जानकारी दिए । उनका अनुसार आइसोलेमा कोरोना लक्षण भएका  संक्रमित मात्र राख्ने गरेका छौँ । 

उनले भने, “अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु लक्षण देखिएकाहरु अस्पतालमै भर्ना भएर उपचाररत  छन् भने लक्षणविहीन स्वास्थ्यकर्मी घरमै होम आइसोलेनमा छन् ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro