site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा निधि ‘तरङ्ग’, संस्थापन पक्ष भन्छ– बार्गेनिङमात्रै हो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह आसन्न महाधिवशेनबाट नेतृत्व जसरी पनि शेरबहादुर देउवाको हातबाट फुत्काउने तयारीमा छ । झन्डै आधा दर्जन बढी नेताहरुले सभापति पदका लागि आकांक्षा राखे पनि इतर समूह देउवाविरुद्ध एकमात्रै उम्मेदवार उभ्याउन प्रयासरत छ । सभापतिका आकांक्षीहरुले ‘देउवालाई आफूले मात्रै हराउन सक्ने’ दाबी गरे पनि छलफलपछि एकजनाले मात्रै उम्मेदवारी दिने बताइरहेका छन् ।

आगामी फागुन ७ गतेका लागि निर्धारण गरिएको पार्टीको १४ औं महाधिवेशनबाट देउवाबाट पार्टीको नेतृत्व ‘खोस्ने’ रणनीति बनाउन नेता रामचन्द्र पौडेल आफूनिकट समूहमा रहेका नेताहरुसँग ‘भर्चुअल’ छलफलमा व्यस्त छन् ।    नेता पौडेलले गत आइतबार र सोमबार आफूनिकटका केन्द्रीय सदस्यहरुसँग ‘भर्चुअल’ बैठक गरेर आगामी दिनमा देउवाविरुद्ध अपनाइने रणनीतिका बारेमा छलफल गरेका छन् ।

ती बैठकहरुमा सभापति देउवालाई आशन्न महाधिवेशन निष्पक्ष रुपमा सम्पन्न गराउने दबाब दिन अनशन, धर्ना, हस्ताक्षर संकलनलगायतका अभियान चलाउने विषयमा छलफल भएको ‘भर्चुअल’ बैठकमा सहभागी नेताहरुको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विधि, विधान र प्रक्रियालाई मुद्दा बनाएर आक्रामक रुपमा अगाडि बढिरहेको इतर समूह आशन्न महाधिवेशनमा जसरी पनि सभापति देउवालाई पराजित गर्नुपर्ने भन्दै आन्तरिक रणनीतिमा छ । सभापति देउवाबाट पार्टी सञ्चालन नहुने निष्कर्ष निकालेर संस्थापनइतर समूह १४ औं महाधिवेशनमा उनीविरुद्ध घेराबन्दी गर्ने दाउमा लागेको छ ।

सोही रणनीतिअनुसार वरिष्ठ नेता पौडेलको समूहमा सभापति पदका धेरै आकांक्षी भए पनि कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । पौडेलनिकट स्रोतका अनुसार उनीहरुका बीचमा अहिलेनै कसैले पनि सभापतिका लागि एक्लाएक्लै उम्मेदवारी घोषणा नगर्ने आन्तरिक सहमति बनेको छ । देउवाबाट अगामी दिनमा पार्टी सञ्चालन नहुने निष्कर्षमा पुगेका सबै नेताहरु एक ठाउँमा उभिएर आगामी महाधिवेशनमा होमिनुपर्ने इतर समूहको जोड छ । 

Global Ime bank

उक्त समूह १३ औं महाधिवेशनबाट कांग्रेसमा तेस्रो समूहका रुपमा उदाएका नेता कृष्णप्रसाद सिटौला र सभापति देउवाकै विश्वासपात्रसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई आफ्नो समूहमा ल्याउने प्रयास गरिरहेको छ । साउन ३० गते सभापति देउवासँग उपसभापति निधिले १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यकता देखिएको भन्दै आफूलाई सघाउन आग्रह गरेसँगै इतरसमूह उनलाई आप्mनो समूहमा ल्याउन ‘लालायित’ देखिएको हो ।

संस्थापन इतर समूहबाट सभापति पदका आकांक्षीमध्येका एक नेताले उपसभापति निधिलाई पनि देउवाविरुद्ध गोलबद्ध बनाउन छलफल चलिरहेको पुष्टि गरेका छन् । बाह्रखरीसँगको कुराकानीमा ती नेताले निधिलाई आगामी महाधिवेशनमा देउवाविरुद्धको संघर्षमा आफूहरुसँगै ल्याउनेसमेत दाबी गरे । “देउवाको मनपरीतन्त्रविरुद्ध रहेका सबैसँग घनिभूत छलफल हुन्छ । निधिसँग पनि छलफल भइरहेको छ । हामी निधिलाई पनि ल्याउँछौं,” उनले सभापति देउवासँग निधिले राखेको प्रस्ताव स्मरण गराउँदै भने, “निधि यसरी बोल्ने मान्छे होइनन् । त्यसरी बोलेपछि उनको बोलीमा अड्ने बानी छ ।”  

उनले १४ औं जसरी पनि रोकेर देखाउनेसमेत दाबी गरे । “महाधिवेशनमा हामी जित्छौं, हामी देउवालाई रोक्छौं,” सभापतिका आकांक्षी ती नेताले भने, “हामी उम्मेदवारका आकांक्षी थुप्रै छौं । तर, हामी छलफलमा छौं । उपयुक्त समय आएपछि हामी उम्मेदवार घोषणा गर्छौं । हामी एकमात्र उम्मेदवार हुन्छौं ।”

सभापतिका आकांक्षी कांग्रेस नेता डा. शेखर कोइरालाले पनि देउवाको मनपरीतन्त्रका विरुद्धमा आफूहरुमध्ये एकजनाले मात्रै उम्मेदवारी दिने बताए ।

देशभर छरिएर रहेका कांग्रेसका कार्यकर्ताहरुले सभापति देउवाको विकल्प खोजेका कारण नेताहरुलाई एक ठाउँमा उभ्याउन दबाब सिर्जना गर्ने उनको आशय थियो । “नेताले के भन्छन् भन्ने होइन, कार्यकर्ताले के भन्छन् भन्ने हो । कार्यकर्ताले देउवाको विकल्प खोजिरहेका छन् । हामी एक हुन्छौं, हुनुनै पर्छ,” उनले भने ।

तर, सभापति देउवाका विश्वासपात्र भनेर चिनिने एक केन्द्रीय सदस्यले उपसभापति निधि इतर समूहसँग नमिल्ने ठोकुवा गरे । उनले आप्mनो भविश्य सुनिश्चित गर्नका लागि निधिले देउवासँग ‘बार्गेनिङ’ का लागि सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गरेकोसमेत दाबी गरे ।

“विमलेन्द्र दाइले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार सुनिश्चित गर्नका लागि सभापतिसँग कुरा राख्नुभएको हुन सक्छ । उहाँले आगामी दिनमा दलको नेता, १५ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी, आप्mना नजिकका मान्छेको एजडस्टमेन्टका लागि होला,” उनले बाह्रखरीसँग भने, “एउटा राजनीतिज्ञले यस्तो महत्वकांक्षा राख्नु स्वाभाविक पनि हो । तर, उहाँ अपोजिसन हाउसमा मिल्ने कुरै आउँदैन ।”

ती नेताले निधि संस्थापन इतर समूहसँग मिल्दा पनि १४ औँ  महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनै नसक्ने समेत दाबी गरे । “अपोजिसन हाउसमा मिले सभापति बन्नुहुन्न । उहाँ देउवासँगै रहनुभयो भने या दबाब दिन सक्नुभयो भने सम्भावना रहन्छ ।”

उपसभापति निधिले गत साउन ३० गते आगामी महाधिवेशनमा सभापति पदमा सघाउन पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई आग्रह गरेका थिए ।  सभापति देउवालाई निवासमै भेटेर र वरिष्ठ नेता पौडेललाई टेलिफोन गरेर उनले आशन्न महाधिवेशनमा आफूलाई सभापति पदमा सघाउन आग्रह गरेका हुन् ।

यद्यपि, निधिले आफू निकटका नेताहरुसँग आफूले पार्टीको आगामी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेको प्रतिक्रिया दिएका छन् । कांग्रेसलाई बलियो शक्तिका रूपमा अगाडि बढाउने सोच बनाएर आगामी नेतृत्व सहमतिमा चयन हुनुपर्ने उनले आशय व्यक्त गरिरहेका छन् ।

अहिलेको नेतृत्व र सम्भावित नेतृत्वका बीचबाट जसका नाममा सहमति भए पनि आफूलाई कुनै आपत्ति नहुने उपसभापति निधिको भनाइ देखिएको छ । सहमतिबाट नेतृत्व चयन गर्न सके कांग्रेसमाथि जनताको विश्वास बढ्ने भएकाले सहमतिबाट नेतृत्व चयनका लागि सबैले तयारी गर्नुपर्ने पक्षमा उनी देखिएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !