site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेब्राक्रस पनि असुरक्षित, १० महिनामा ४८ पैदल यात्रुको मृत्यु
SkywellSkywell

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव पद्मराज सुवेदीलाई जेब्राक्रसबाटै बाटो काट्दै गरेका बेला गएको वैशाख १० गते काठमाडौंको अनामनगरमा बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले ठक्कर दियो । मर्निङ वाक गरेर घर फर्कन लागेका बेला बाटो काट्न लाग्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारका क्रममा सुवेदीको मृत्यु भयो । 

गएको फागुन २४ गते काठमाडौंको नयाँ बानेश्वरमा बा ३ ख ८८४ नम्बरको नेपाल यातायातको बसले जेब्राक्रसबाट बाटो काटिरहेकी एक महिलालाई ठक्कर दियो । तिव्र गतीमा आएको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भइन् । 

गत सोमबार काठमाडौंको बसुन्धारामा ना ४ ख ४२६२ नम्बरको बसले जेब्राक्रसबाट बाटो काट्दै गरेकी रविना चौधरीलाई ठक्कर दियो । तिव्र गतीमा आएको बसले पहिले ठक्कर दिएर घाइते बनायो अनि पछि ब्याक गरी किचेर मार्यो ।

KFC Island Ad
NIC Asia

यी त केही उदाहरणमात्र हुन् । गएको साउनयता काठमाडौं उपत्यकामा ४८ जना पैदल यात्रुको विभिन्न सवारी साधनको ठक्करबाट मृत्यु भएको छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार गएको साउनयता काठमाडौं उपत्यकामा ४ हजार ५ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी १ सय ४८ जनाको मृत्यु भएको छ । 
दुर्घटनामा मृत्यु हुनेमा ४८ जना पैदलयात्रु हुन् । उनीहरुलाई विभिन्न सवारी साधनले बाटो काट्दै गरेका बेला वा सडक छेउमा हिँडिरहेका बेला ठक्कर दिएका हुन् । 

Royal Enfield Island Ad

ट्राफिक प्रहरी महाशाखाकै अनुसार दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरबाही हो । ४ हजार ५ वटा सवारी दुर्घटनामा ३ हजार ८ सय ८० वटा चालकको लापरबाहीका कारण भएको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ । 

महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिग्मार लामा भन्छन्, “सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदल यात्री पर्ने गरेका छन्,” बाह्रखरीसँग कुरा गर्दै डीआईजी लामाले भने, “पैदल यात्रुको कुनै दोष नहुँदा पनि ज्यान गुमाउनु परेको छ । त्यसलाई रोक्नका लागी हामीले जेब्राक्रसबाट बाटो काट्ने र जेब्राक्रसलाई व्यवस्थित बनाउने अभियानमा लागिपरेका छौं ।” 

लामाले थपे, “जेब्राक्रसमा ठक्कर दिने सवारी चालकलाई कडा कारबाही हुन्छ । अस्ति बसुन्धारामा जेब्राक्रसमा ठक्कर दिने चालकलाई हामीले ज्यान मुद्दा चलाएका छौं । अरुको ज्यान सहजै लिनेलाई त्यसै छाड्न मिल्दैन । यो कुरा मैले यातायात व्यवसायीलाई पनि भनेको छु ।”

फितलो कानुन, त्यही पनि कार्यान्वयन हुँदैन
सवारी तथा यातायात व्यवस्था ऐनको धारा १३२ मा जेब्राक्रसमा सवारी रोक्नुपर्ने उल्लेख छ । जेब्राक्रसमा सवारी नरोके ५ सय रुपैयाँ जरिवाना लाग्छ । अझ जेब्राक्रसमा ठक्कर दिएर कसैको मृत्यु भएमा सवारी ज्यानअन्तर्गत मुद्दा चलाएर २ देखि १० वर्षसम्म थुनामा राख्न सकिने कानुनी व्यवस्था छ ।

तर, ऐन कार्यान्वयन हुन नसक्दा चालक जेब्राक्रसप्रति जिम्मेवार नभएको सरोकारवाला बताउँछन् । जेब्राक्रसमा लापरबाही गर्ने र रफ्तार बढाउने चालकलाई कारबाही गर्न नसक्दा चालकको मनपरी बढेको सडक प्रयोगकर्ताको गुनासो रहने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro