site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । गृह मन्त्रालयले पहिलो भन्दा दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौति झनै बढी रहेको निष्कर्ष निकाल्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
गृह मन्त्रालयले दोस्रो चरणको निर्वाचन हुने प्रदेशलाई सुरक्षाको दुष्टिले अत्यन्तै गम्भीर रुपमा हेरेको जनाउँदै आएको छ । 
गृहले देशका चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गर्ने तयारीसहित त्यसको खाका पनि तयार गरेको छ ।
तर दोस्रो चरणको निर्वाचन हुने २६ वटा गाउँपालिकामा रहने ६१ वटा मतदान केन्द्रमा अहिले कुनै पनि सञ्चारका उपकरण सञ्चालनमा आउन नसक्ने भन्दै प्रहरीले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यहाँ न त टेलिफोनको व्यवस्था छ, न त प्रहरी सञ्चार नै । त्यसैले पनि सुरक्षाको जोखिम बढी भएको निष्कर्ष सुरक्षा समितिको रहेको छ ।
स्रोतका अनुसार यसबारेमा निर्वाचन आयोगका पदाधिकारी र प्रहरीबीच पनि पटक पटक छलफल भएको छ ।
प्रहरीको सञ्चार सेटले समेत काम नगर्ने क्षेत्र रहेकाले सुरक्षाकर्मी ती स्थानमा बढी राख्नुपर्ने निष्कर्ष छलफलले निकालेको छ ।
स्रोतका अनुसार प्रहरीले स्याटलाइट फोनको व्यवस्था गरिदिन आग्रह गरेको थियो । तर अहिलेसम्म पनि त्यसको व्यवस्था भने गरिएको छैन । 
निर्वाचन आयोग स्रोतका अनुसार प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लामा रहेका ४ वटा गाउँपालिकाका १५ वटा मतदान केन्द्रमा कुनै पनि सञ्चारका माध्यम छैनन् ।
प्रदेश नम्बर १ कै ताप्लेजुङका ४ वटा गाँउपालिकामा रहेका १२ वटा मतदान केन्द्र पनि सञ्चारविहीन छन् ।
पाँच नम्बर प्रदेशका रोल्पा, रुकुम लगायतका केही मतदान केन्द्रमा टेलिफोन र प्रहरीको सञ्चार सेटले समेत काम गर्न नसक्ने अवस्था छ ।
त्यस्तै ७ नम्बर प्रदेशको बझाङ, डोटी लगायतका जिल्लाका केही मतदान केन्द्र पनि सञ्चार सम्पर्क  भन्दा बाहिर छन् ।
गृह मन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले पनि केही मतदान केन्द्रमा अहिले पनि सञ्चार सुविधा नरहेको स्पष्ट पार्दै व्यवस्थाका लागि प्रयासरत रहेको जानकारी दिए ।
“प्रहरीले पनि हाम्रो संचारले उक्त क्षेत्रमा काम गर्दैन भन्ने जानकारी गराएको छ,” उनले भने, “त्यसका लागि छुट्टै सञ्चारको व्यवस्था गर्नुपर्छ । हामीले त्यसका लागि जोहो गर्दैछौं । केही न केही व्यवस्था गर्ने कोशिशमा छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro