site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीका जिल्ला सभापतिहरूको निष्कर्ष– कार्यतालिकाअनुसारै अधिवेशन हुन सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका कर्णाली प्रदशेअन्तर्गतका जिल्ला सभापतिहरूले १४औं महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न समस्या हुने निष्कर्ष निकालेका छन् । 

केन्द्रले निर्धारण गरेको समयमा हिमाली जिल्लाहरूमा हिउँपर्ने भएकाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा वडादेखि जिल्ला अधिवेशन सम्पन्न गर्न समस्या हुने निष्कर्ष निकालेका हुन् । 

कर्णाली प्रदेशका जिल्ला सभापतिहरूको ‘भर्चुअल’ अन्तर्क्रियामा केन्द्र निर्धारण गरेको समयावधिमा अधिवेशनहरू सम्पन्न गर्न समस्या हुने निष्कर्ष निकालिएको कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कार्यतालिका अनुसार हिमाली जिल्लाहरूमा अधिवेशनहरू सम्पन्न गर्न सकिँदैन कि भन्ने कुरा उठिरहेको छ,” उनले बाह्रखरीसँग भने, “कर्णाली प्रदेशका अधिकांश सभापतिको पनि तोकिएको समयमा अधिवेशन गर्न समस्या हुने निष्कर्ष छ ।”

जिल्ला सभापति शाहीले हिमाली जिल्लामा हिमपात हुने समयमा वडादेखि जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका निर्धारण गर्दा निर्धारित समयमै अधिवेशन हुने सम्भावना न्यून देखिएको बताए । 

कांग्रेसमा १४औं महाधिवेशनको चहलपहल

महाधिवेशनको परिमार्जित कार्यतालिका अनुसारआगामी पुस ६ गते देशभरका गाउँ–नगरअन्तर्गत पर्ने ६ हजार ७४३ वडामा कांग्रेसको अधिवेशन हुनेछ । यस्तै सात सय ५३ स्थानीय तहमा पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते हुने भएको छ । 

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते र प्रदेश अधिवेशन आगामी माघ ६ गते हुने भएको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म काठमाडौंमा छ । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

यसअघि ‘भर्चुअल’ अन्तर्क्रियामा सहभागी प्रदेश १, २, वाग्मती, गण्डकी र ५ का जिल्ला सभापतिहरूले पनि तराई र पहाडका जिल्लाहरूमा तोकिएको समयावधिभित्र अधिवेशन गर्न समस्या नभए पनि हिमाली जिल्लाको कार्यतालिका परिवर्तनका लागि केन्द्रलाई आग्रह गर्नुपर्ने धारणा राखिसकेका छन् ।

केन्द्रले ‘अफ टाइम’ तोक्यो, जिल्ला सभापतिहरु छलफलमै

७७ वटै जिल्लाका सभापतिहरूले ‘भर्चुअल मिटिङ’ पछि निस्कने निष्कर्षका आधारमा हिमाली जिल्लाको अधिवेशन मिति सार्नेबारेमा केन्द्रीय कार्यसमितिसमक्ष आग्रह गर्नुपर्ने जिल्ला सभापति शाहीले बताए । 
“आज (मंगलबार) बेलुकी सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग ‘जुम मिटिङ’ छ । उहाँहरूसँगको सरसल्लाहपछि अधिवेशनको कार्यतालिका केही अघि वा केही पछि सार्नुपर्नेबारे केन्द्रलाई आग्रह गर्छौं,” उनले भने । 
पार्टीको अधिवेशन, जिल्ला सभापतिहरूले उठाउँदै आएका माग, समसामयिक राजीतिक अवस्थालगायत विषयमा छलफल गरिने ‘भर्चुअल’ अन्तर्क्रियाको समन्वय काभ्रेका सभापति मधु आचार्य र रोल्पाका सभापति अमरसिंह पुनले गर्दै आएका छन् । 

कांग्रेस शीर्ष नेताकै जिल्लामा समायोजन बाँकी, होला त फागुनमा महाधिवेशन ?

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्