site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । सरकारले पहिलो चरणको स्थानीय निर्वाचन भन्दा दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्दै सुरक्षा व्यवस्था झनै चुस्त बनाउने भएको छ ।

आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षा पहिलो निर्वाचनको तुलानामा बढी चुनौतीपूर्ण रहेको भन्दै सरकारले बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । 

KFC Island Ad
NIC Asia

“जेठ ३१ गते ४१ जिल्लामा हुन लागेको निर्वाचनमा भारतसँगको खुला सीमाना र तराईमा सक्रिय भूमिगत संगठनहरुका कारण थप चुनौतीपूर्ण छ,” गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बाह्रखरीसँग कुरा गर्दै भने, “पहिलो चारणका भन्दा जेठ ३१ मा हुने निर्वाचनका सुरक्षा चुनौति धेरै छन्, त्यसैले त्यहीअनुसार सुरक्षा ब्यवस्था मिलाउँदैछौं ।” 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि दोस्रो चरणको निर्वाचनमा सुरक्षा अझै चुनौतिपूर्ण हुने निश्कर्ष निकालेको छ । 

Royal Enfield Island Ad

तराईका भूमिगत संगठनको गतिविधि, भारतसँग खुला सिमाना, निर्वाचनमा भाग नलिने दलहरु,  सिके राउत समुह र अन्य समहुले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै सरकारले सुरक्षा व्यवस्थालाई पहिलाको भन्दा झनै मजबुद पार्ने प्रवक्ता पन्थीले बताए ।  उनले भने,“दोस्रो चरणको निर्वाचनमा कुनै पनि कमी हुँदैन, त्यहीअनुसार सुरक्षा रणनीति बन्दैछ ।”

पहिलो चरणको निर्वाचनमा दोलखा र कालिकोटमा बाहेक शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको गृह मन्त्रालयको ठहर छ । निर्वाचनको समयमा दोलखा जिल्लामा दुई जनाको मृत्यु भएको थियो । यता कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतपेटिका जलाउन पुगेका समूह र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो । यो घटनालाई सुरक्षा व्यवस्थाको कमजोरीको रुपमा औंल्याइएको छ । पहिलो चरणको निर्वाचनमा भएका कमीकमजोरीलाई मध्यनजर राख्दै दोस्रो चरणको निर्वाचनमा थप सतर्कता अपनाउने तयारीमा प्रहरी रहेको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०७४  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro