site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘र्‍यापिड टेस्ट रोकेर पीसीआरको दायरा बढाऔं’ 
SkywellSkywell

काठमाडौं । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन अपनाइने र्‍यापिड डाइग्‍नोस्टि टेस्ट (आरडीटी) किटको विश्वसनीयतामा विश्वव्यापी रुपमा प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त विवादास्पद विधिको प्रयोगमा रोक लगाउन माग गरेको छ ।

 पार्टी कार्यालय सानेपामा आइतबार पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरूसँगको छलफलपछि कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो बताएको हो । 

KFC Island Ad
NIC Asia

छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको समुचित उपयोग गर्न सरकार चुकेकोले आरडीटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताए । चिकित्सकहरूका लागि आवश्यक अति आवश्यक स्वास्थ्य सामग्रीहरू पर्याप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरूलाई हतोत्साहित गर्नुको साटो साथ दिनुपर्ने प्रवक्ता शर्माको भनाइ छ । 

कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । कोरोनाले मात्रै बिरामीको मृत्य नहुने भएकाले अन्य रोगका बिरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए ।

Royal Enfield Island Ad

छलफलमा सहभागी चिकित्सक डा. केदारनरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको बताए । कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासहरू पर्याप्त नभएको, घोषणा गरेअनुसार जनताले राहत पाउन नसकेकोले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उनले बताए ।

कोरोनाको जोखिम सामना गर्ने क्रममा भएका प्रगति, कमजोरी, सरकारले गरेका काम र गर्न नसकेका कामका विषयमा छलफल गर्न पार्टी पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरिएको हो । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro