site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 अध्यादेश फिर्ता लिन कांग्रेसले दबाब सिर्जना गर्ने
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग सोमबार जारी दुबै अध्यादेश फिर्ता लिन माग गरेको छ । 

मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले सरकारसँग संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको हो । 

KFC Island Ad
NIC Asia

बैठकले सरकार ल्याएको अध्ययादेशको भत्र्सना र खेद व्यक्त गर्दै फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनले अध्यादेशका बारेमा बैठकमा आन्तरिक परामर्श गरिएको र कांग्रेसले चाल्ने आगामी कदमका बारेमा बुधबारमात्रै सार्वजनिक गरिने बताए । 

Royal Enfield Island Ad

“यो विषय हाम्रो आन्तरिक छलफलको क्रममा छ । यस बारेमा अहिले हामीले केही परामर्श गरेका छौं । यस बारेमा उपयुक्त कुरा भोलीमात्रै तपाईंले जानकारी पाउनु हुनेछ,” उनले भने, “अहिले जम्माजम्मी सरकारले ल्याएको विधेयक (अध्यादेश) को खेद व्यक्त गरेका छौं । भत्र्सना गरेका छौं । विधेयक फिर्ता लिने गरी सरकारलाई अपिल गरेका छौं ।”

उनले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश संविधानको मूल मर्म , भावना र अहिलेको परिस्थिति ल्याउन नहुने धारणा पार्टीले सार्वजनिक गरिसकेको भन्दै त्यही धारणालाई अगाडि लैजाने प्रतिक्रिया दिए ।  “कांग्रेसले यही धारणा सरकार समक्ष राख्छ र निर्णय फिर्ता लिन दबाब दिन्छ, अपिल गर्छ । अहिले हामीले गरेको निर्णय यही हो,” प्रवक्ता शर्माले भने । 

सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको थियो ।  कांग्रेसले सोमबार पे्रस विज्ञप्ति जारी गरेर संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro