site stats
बाह्रखरी :: Baahrakhari
देश
बालबालिकाका लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिता

काठमाडौं । फोर्डले बालबालिकाका लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिता सुरु गरेको छ । संसारभर फैलिरहेको कोरोना महामारीका कारण अहिले सबैजना लकडाउन पालना गरी आफ्नो घरभित्र सुरक्षित तवरले रहँदै आएका छन् । लकडाउनमा बालबालिकाहरू पनि विभिन्न खेलहरू खेल्दै आफ्नो समय बिताइरहेका छन् ।

यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङ्गटेल्स्सँग सहकार्य गर्दै बालबालिकाहरूका लागि १० दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको सुरुवात गरेको जनाएको हो । कम्पनीले शुक्रबारदेखि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस प्रतिस्पर्धी बालबालिकाहरूका लागि राम्रो शिक्षा तथा अन्तरक्र्रियात्मक अनुभव रहने कम्पनीले जनाएको छ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा काम पूरा गर्नुपर्नेछ ।

प्रतिस्पर्धाको १० औँ दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:१६
प्रतिक्रिया दिनुहोस्