site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटै कोठामा ‘लक डाउन’  

नेपालमा कोरोनाभाइरस परीक्षण गर्ने उपकरणदेखि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’को व्यवस्था अपेक्षित रूपमा गर्न नसकिएको देखियो । त्यसैले हामी आफैँ सावधान भएर घरभित्रै बसेर सुरक्षित हुनुको विकल्प छैन । आफू जोगिने र अरूलाई जोगाउने मुख्य उपाय नै केही समय घरभित्रै रहनु जरूरी छ । 

परन्तु, धेरैलाई सजिलो छैन, सहज छैन घरभित्र बस्न । अझ काठमाडौंमा एउटा कोठा या फ्ल्याट लिएर बस्नेलाई अरू असहज हुने सहजै अनुमान गर्न सकिन्छ । खुलेर चल्ने, खेल्ने, कौसी, गमला राख्ने ठाउँ नभएका, यसो एकछिन भुल्नलाई करेसाबारी नभएको अवस्थामा कोठामै शान्तिपूर्वक समय बिताउने कला जानिएन भने अरू मानसिक अशान्ति निम्त्याउन सक्छ । 

हामीसँग कुनै उपाय र साधन, स्रोत अनि ठाउँ छैन भनेर गुनासो गर्ने, अल्छी गरेर बस्ने गर्नुहुन्न । स्वस्थ रहन श्रम, विश्राम, ध्यान, योग, खानपान, प्रशन्न स्वभावजस्ता गुणलाई सन्तुलनका साथ कायम राख्नुपर्छ । यसलाई ठूलो ठाउँ र धेरै उपाय आवश्यक पर्दैन ।

Prabhu Bank
Agni Group
NIC Asia

जीवनमा यस्ता परिस्थिति र घटनाहरु आइलाग्छन् नै । यसलाई प्रज्ञा, विवेक, समझ र सजगताका साथ हेर्ने कला जानिएन भने दुःखमात्र हुन्छ । जीवनमा सबै परिस्थिति हाम्रो अनुकूल हुँदैनन् । प्रतिकूल परिस्थितिलाई पनि प्रज्ञापूर्ण स्वीकार गर्ने कला जान्ने व्यक्ति नै सधैँ प्रेमपूर्ण जिउन जान्दछ । 

हामी बाहिर निस्कन नपाएर अस्थिर बनेका छौँ तर स्वयंमा स्थिर हुने र स्वयंको स्वभावमा जिउनु नै मानिसको स्वभाव हो ।  स्वयंमा स्थिर रहने र आफैँमा रमाउने, आफैँमा भुल्ने र आफैँमा शान्ति र आनन्दित महसुस गर्ने महत्त्वपूर्ण उपाय प्राणायाम हो । लामो गहिरो स्वास, आउँदै जाँदै गरेको स्वासको ख्यालमात्रले पनि हामीलाई शान्ति र आनन्दको अनुभूति दिन्छ । 

Global Ime bank

प्राणको आयाम अर्थात् प्राणायाम श्वासको लय, जीवन्तता र आफू हुनुको बोध प्राणायामको नतिजा हो । प्राणायाम अर्थात् हाम्रो श्वासको गति, हामीले श्वास लियौँ, जन्म प्राप्त गर्यौं । जीवनभर आउँदै जाँदै गरेको श्वासको लयमा चल्छौँ जीवनको बोध गर्छौँ । जुन दिन सास छुट्छ त्यो क्षण जीवन पनि टुट्छ । त्यसैले हाम्रो अभिन्नमित्र हाम्रो सास नै हो । यो जन्मदै आयो, जीवनभर सँगै रह्यो र अन्तिममा सँगैजाने पनि यही हो । 

त्यसैले एउटा कोठामा त के शरीर अटाउने ठाउँमा हामी आफैँ भित्र डुब्न, आनन्दित हुन र रमाउन सक्छौं प्राणायामको माध्यमले । यो लकडाउनको समयमा पनि त्यसै गरौँ ।

एकान्त र सानो ठाउँमा पनि रमाउने अर्को उपाय ध्यानको निरन्तर अभ्यास हो । ध्यान जीवनको त्यस्तो आधार हो जहाँ जेसँग मिलाए पनि सकारात्मक ऊर्जा दिन्छ र हरेक कर्मलाई सफल बनाउनमा मद्दत गर्छ । ध्यान कुनै कठिन अभ्यास र विधि होइन । यो त खेल पूर्ण हुनु हो । ध्यान बुद्धि या मनबाट निस्कने कुनै सोच या परिणाम पनि होइन । यो त बुद्धिको पार जाने विधि हो । बुद्धिको पार जाने पहिलो कदम हो खेलपूर्ण हुनु, प्रशन्न रहनु । ध्यानलाई खेलपूर्ण तरिकाले लिन सक्यो भने बुद्धि र मनले बाधा दिन सक्दैनन् । अन्यथा ध्यानमा पनि बुद्धिको प्रयोग भयो भने यसले अहंकारको यात्रामा लैजाने डर हुन्छ । बुद्धिले चिन्तित बनाइदिन्छ, गम्भीर बनाइदिन्छ र आफूलाई महान ध्यानि ठानेर प्रमाणित गर्न खोज्छ । इतिहासमा कैयौं तथाकथित सन्त, साधु, धार्मिक व्यक्तित्वले आफूलाई ध्यानि भनाउन अहंकारको खेल खेल्न बाध्य भएका उदाहरण प्रशस्त भेटिन्छन् ।

त्यसैले ओशो  भन्छन् –  “हँसिवा, खेलिवा, धरिवा ध्यानम् !“ ध्यान एउटा गीत हो जसलाई गाउनु छ । ध्यान एउटा नृत्य हो नाच्नु छ । ध्यानलाई खेलपूर्ण लिन सकेमा दिन दुगुना रात चौगुना प्रगति हुनेछ । 

ध्यान कुनै लक्ष्य होइन ।  शान्त बस्नु, आफ्नोअगाडि जेजस्तो क्रियाकलाप भइरहेछ साक्षीका रूपमा हेर्नु, कुनै वकालत नगर्नु बरु त्यो क्षणको आनन्द लिनु ध्यान हो । आफ्ना वरपरका क्रियाकलाप एवं आफ्नो मनद्वारा सृजित विचारबाट पनि भाग्नु छैन । कुनै यौगिक शक्ति, सिद्धि या चमत्कारको चाहना पनि छैन । जीवन, जीवनका प्रत्येक क्षण, प्रत्येक कर्मलाई आनन्दको रुपमा लिन जान्नु ध्यान हो । 

यसले कुनै चमत्कारी परिवर्तन ल्याउँदैन तर तनावरहित हुन मद्दत गर्छ । गुनासोबाट पर लैजान्छ । हामी शान्त, विश्रामपूर्ण भएर बस्नुमात्र छ । यसले नजानिदो र थाहा नपाउँदो तरिकाले भित्रभित्रै मौलिक रुपान्तरण ल्याउँछ । जीवनका ससाना सफलता र खुसीले महत्त्व पाउन थाल्छन् ।  हरेक चिज, व्यक्ति र परिस्थितिमा दिव्यता झल्किन थाल्छ । नयाँ सुवास, सुगन्ध र प्रकाश भेटिन थाल्छ । जीवनमा आनन्दित हुनु नै परमार्थसम्म पुग्ने मार्ग तय गर्नु हो । अस्तित्वसँगै गाउनु, नाच्नु र खेलपूर्ण हुनु नै ध्यानको प्रतिफल हो । 

सम्पन्न र धनाढ्य व्यक्तिले आनन्द प्राप्त गर्छ भन्ने जरूरी छैन । जीवनमा सम्पन्नता भएर पनि भोग र योग दुवै कलाबाट निपुण भए प िआनन्दित जीवन जिउन जान्दैन भने त्यसको कुनै अर्थ रहन्न । त्यसैले आफैँसँग रमाउने कला सबैभन्दा ठूलो सम्पदा हो । यो बन्दाबन्दी (लकडाउन)को समयमा घरभित्र मात्र होइन आफूभित्र हेर्ने कला पनि जानौं र अभ्यासमा ल्याऊँ । यो हाम्रो जीवनको सर्वाधिक महत्त्वपूर्ण उपलब्धि हुनेछ । जति नै सम्पन्न र शक्तिशाली भए पनि आज एउटा आँखाले नदेखिने सानो भाइरससँग त्रसित भएका छौँ मानिसहरू । त्यसैले आफू, आफू हुनुको बोध गरौँ । आफूसँग जे छ त्यो नै हाम्रो सम्पदा हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय