site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । पञ्चायतकालमा नेताहरुले चुनाव जित्नको लागि प्रयोग गरेका युवाहरु लोकतत्र हुँदै गणतन्त्रसम्म आइपुग्दा कोही डन भए भने कोही नेता भए । 

कुनै पार्टीका नेताको अत्यन्त नजिक भएकाहरु पार्टीमा लागेर सांसददेखि मन्त्रीसम्म भए ।

पञ्चायतकालमा चुनाव जिताउन प्रयोग भएका दिवाकर घले, लालकाजी लामा, दीपक मनाङे र मिलन गुरुङ (चक्रे मिलन) मध्ये  मनाङे र चक्रे राजधानीका डन बने, अरु नेता बने । 

KFC Island Ad
NIC Asia

मनाङे र चक्रे भने अहिले पनि गुण्डा नाइके भनेर चिनिएका छन् । चक्रे र मनाङे आपराधिक क्रियाकलापमा बढी नै सक्रिय बन्न थाले । राजनीतिक नेताले चुनावमा र निर्माण जगतका ठेकेदारले टेण्डर कब्जा गर्न चक्रे र मनाङेको प्रयोग गर्न थाले । 

टेण्डर मलाइदिएबापत रामै्र पैसा हात लाग्न थालेपछि टेण्डर कब्जाको विषयलाई लिएर चक्रे र मनाङेबीच ग्याङ फाइट सुरु हुन थाल्यो । अनि ग्याङ बनाएरै आफ्नो आधार क्षेत्र बनाएर दुईजनाले आफ्ना सहयोगीहरु बढाए । 

Royal Enfield Island Ad

बेरोजगारीका कारण ग्याङमा सामेल हुने युवाको संख्या पनि बढ््न थाल्यो । मनाङेले ठमेल क्षेत्रलाई आधार बनाएर रात्रिकालीन रेस्टुरेस्ट व्यवसायमा आफ्नो पकड जमाए भने चक्रेले महाराजगन्ज क्षेत्रलाई आधार बनाएर ठेक्कापट्टा कब्जा गर्ने तथा म्यानपावर कम्पनीमा रकम असुली कार्य थाले । 

उनीहरु दुवैजना सधैं प्रहरीको तारो बने । काठमाडौंमा प्रहरी प्रमुख जो भएर आए पनि उनको ध्यान पहिला यी दुई डनमै जाने गरेको थियो । चक्रेभन्दा मनाङे धेरै पक्राउ पर्ने गरेको विगत छ । 

उनीहरुको आफ्नो क्षेत्रमा अन्य व्यक्ति आए जाईलागी हाल्थे । दरबारमार्ग र ठमेल क्षेत्रमा चक्रेले खुट्टामात्र टेकेको थाहा पाए उनी ग्याङसहित चक्रेलाई लखेटिहाल्थे । 

आफूलाई धेरै होच्याएको भन्दै २०६१ वैशाख ३१ मनाङेले महाराजगन्जमै गएर चक्रे मिलनलाई तरबारले हानेका थिए । पक्राउ परे र प्रहरीले उक्त घटनामा उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्यो । 

पछिल्ला दुई वर्षमा प्रहरीले दुईजना गुण्डाको इन्काउण्टर गरेपछि अन्य केही गुण्डाहरुको भागाभाग भएको थियो ।

लागू औषध मुद्दामा लामो समय जेल बसेर रिहा भएका चक्रे पनि खुम्चिए भने मनाङे राजनीतिमा लागे । उनी पछिल्लो समय राप्रपाको मनाङ जिल्ला अध्यक्षमा चयन भएका थिए । 

एकअर्काका प्रतिस्पर्धी दीपक मनाङे र चक्रे मिलन आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा दर्जनौं पटक पक्राउ परे । तर, कहिल्यै पनि एकै हिरासत कक्ष र जेलमा बस्ने साइत जुरेन । 

दुई गुण्डा नाइके संँगै हिरासतमा बस्ने संयोग जुराइदिएको छ, हुनै लागेको स्थानीय तह निर्वाचनले । निर्वाचनमा सुरक्षा चुनौती बढाएको भन्दै मनाङेलाई प्रहरीले वैशाख २५ गते उनकै घरबाट पक्राउ गर्यो । त्यसको भोलिपल्ट वैशाख २६ गते चक्रे पनि पक्राउ परे । 

“दीपक र चक्रे उपनामले परिचित यिनीहरुको पृष्ठभूमि उस्तै उस्तै छ र उनीहरु उदाएको समय पनि लगभग एउटै हो,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी भन्छन्, “ठमेल कार्यक्षेत्र बनाउँदै मनाङेले आम्दानीको स्रोतको रूपमा रात्रीकालीन व्यवसायलाई रोजे । चक्रेले चक्रपथलाई कार्यक्षेत्र बनाएर ठेक्कापट्टा, बालुवा र ढुंगाखानीलाई आयआर्जन गर्ने माध्यम बनाए । प्रहरीमा परेका उजुरीहरुले यस्तै देखाउँछ । उनीहरु दुवै प्रहरीको शंकाको घेरामा रहेका व्यक्ति हुन् । हामीले स्थानीय निर्वाचनमा कुनै चलखेल नगरुन् भनेर पक्राउ गरेका हौं ।”

जोशीका अनुसार उनीहरु दुवै अहिले एकै हिरासतमा छन् र प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । 

अनुसन्धान अधिकारीका अनुसार एकै हिरासतमा भए पनि उनीहरुबीच बोलचाल छैन । काठमाडौं प्रहरीको हिरासत कक्षमा अन्य विभिन्न अभियोगमा अनुसन्धानका लागि राखिएका थुनुवाहँगै छन् मनाङे र चक्रे पनि । 

दुईजना दुई कुनामा 
प्रहरीका अनुसार मनाङेले एक कुना रोजेका छन् भने चक्रेले अर्को कुना । उनीहरु एकले अर्कोलाई हेर्दा पनि हेर्दैनन् । “उनीहरु दुवै नबोली जहिले पनि मुख छोपेर सुतिरहेका हुन्छन्,” हिरासतमा खटिएका एक प्रहरीले भने, “मनाङेको धेरै बोल्ने बानी छैन, तर चक्रेचाहिँ हँसाइरहन्छन् । क्यान्टिनको खाना खान्छन्, भेट्न आएका आफन्तसँग भेट्छन् अनि सुरुक्क गएर सुतिहाल्छन् ।”
प्रहरीले उनीहरु दुवैलाई सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro