site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 शक्तिशाली कोरोना 

कोरोना (कोभिड–१९) नामक भाइरसले विश्वव्याधिको रूप लिइसकेको छ । विगत ३ महिनादेखि यसले संसारैलाई आतंकित बनाएको छ । तर, विश्वमा भोकमरीको महामारी पनि त्यत्तिकै विकराल रूपमा भए पनि त्यसरी समाचार आइरहेका छैनन् ।  भोकमरीकै कारण अफ्रिकालगायतका भूभागमा दिनहुँ हजारौं बालबालिकाको मृत्यु हुने गरेको वभिन्न अनुसन्धानबाट थाहा हुन्छ । तर, कोरोनाको जसरी समाचार भने आउँदैन । 

भोकमरीको मूल कारण गरिबी हो । गरिबी भएपछि शिक्षा, स्वास्थ्य, खानपान, रहनसहन सबैमा अभाव देखिने गर्छ । भोकमरीमा गरिबमात्र पर्छ । कोरोनाले भने विश्वका विकसित मुलुकबाट आक्रमण थाल्यो र साना ठूला, राष्ट्रपति, प्रधानमन्त्री कसैलाई छोडेकोे छैन । कुनै जात र रङ्ग भनेको छैन । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस युरोप, अमेरिका पुग्यो । विश्वव्यापी महारोगका रूपमा फैलिँदै छिमेकी भारतमा समेत आइपुग्यो । यसले कोरोना गरिबी हैन सम्पन्नताबाट फैलिएको महामारी हो भन्न सकिन्छ । र, भोकमरीभन्दा शक्तिशाली रहेछ कोरोना भाइरस भन्ने अड्कल गर्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा आजको दिनसम्म १ जनामा मात्र यसको संक्रमण देखिएको र त्यो पनि उपचारपश्चात घर फर्केकोबाहेक कोरोना संक्रमणको अरू समाचार सुन्नु परेको छैन । यत्रो महामारी फैलिँदा हवाइसेवा निरन्तर र खुला रहँदा ३ महिनासम्म नेपालीलाई यसले छुन नसक्नु सुखद आश्चर्य हो । तर, भाइरस हो कतिबेला कसको माध्यमबाट संक्रमण हुन्छ भन्न सकिने अवस्था छैन । सचेत भएर सुरक्षाका उपाय अपनाएर संयमित हुनुको विकल्प छैन । 

नेपाल सरकारले सुरक्षाका विविध उपाय अपनाउने निर्देशन दिएको छ र अत्यावश्यक सेवाबाहेक अरू क्षेत्र बन्द राख्न एक प्रकारको ‘लकडाउन’को आग्रह गरेको छ । यो समय अत्यावश्यक कामबाहेक घरमै बसी ‘आत्म एकान्त’ अपनाउनुबाहेक अरु उपाय छैन । कोरोनाको माध्यमबाट प्रत्येक व्यक्तिलाई आफैसँग समय बिताउने, आफ्नो आचरण र नियममा रहने, अन्तर्मुखी हुने र आफैँमा रमाउन सिक्ने चेतना समयले दिन खोजेको हो भान हुन्छ । ध्यान र योगमा समय बिताउने, पुस्तक अध्ययनमा समय खर्चिने, सकारात्मक र सृजनात्मक हुने अनि घरभित्रै रमाउने कला उजागर गर्ने समय हो यो । तर्क, आशंका, आत्मशंका, तनाव र डरमा समय खर्चेर उपलब्धि हुनेवाला छैन । जन्म र मृत्युबीचको दूरी नै जीवन रहेछ । यो जीवनप्रति अहोभावपूर्ण हुनु मानिसको गुणवत्ता हो भन्ने बोध हुन सक्यो भने जीवनका गुनासाहरू समाप्त भएर जानेछन् ।

Global Ime bank

 घरभित्रै बस्नुको अर्थ हो आफ्नो जीवनशैलीमा स्थिर रहनु पनि हो । मनले अनेक अनुभव सँगालेर जीवनमा पटकपटक सुख, दुःखका कथा रचेको हुन्छ । सबै अनुभवबाट मुक्त भएर शान्त चेतनामा स्थिर रहने अवस्था ध्यान हो । अनुभव बाहिरको विषय वस्तुसँग सम्बन्धित हुन्छ भने ध्यान विषयवस्तु रहित चेतना हो । जतिबेला बुद्धिले हार खान्छ, मन थकित हुन्छ तब ध्यान घटित हुन्छ । बुद्धि र मन सँगै ध्यान हुन सक्तैन ।

मन र बुद्धिको प्रयोग त उसकै स्वभाव भयो नि ! मन र बुद्धिभन्दा परको अवस्था नै हाम्रो स्वभाव हो । ध्यान हाम्रो आन्तरिक स्वभाव हो जहाँ बुद्धि र मनले कुनै भूमिका खेल्न पाउँदैन । हामीसँग अझै मन र बुद्धिले तर्क गर्ने अवसर पाएको छ भने जान्नुपर्छ हामीलाई ध्यान लागेको छैन । ध्यान के हो थाहा पाउने यो सजिलो उपाय हो ।

अधिनमा बस्नु मानव स्वभाव होइन । जसको मालिक हुन सकिन्छ त्यो हाम्रो स्वभाव हो । त्यसैले अहिलेको आत्म एकान्त (सेल्फ क्वारेन्टाइन)को आशय र महत्त्व ध्यानसँग जोड्न सकियो भने केही दिनको क्वारेन्टाइनको अनुभूतिले जीवनमा नयाँ आयाम र सोच थपिन सक्नेछ । यो समयलाई अन्तर्मुखी र प्रज्ञावान हुनमा प्रयोग गर्ने कि ?
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement