site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं ।  – शनिबार बिहान नेकपा (माओवादी केन्द्र) का तर्फबाट भरतपुर महानगरपालिका प्रमुखका उमेदवार रहेकी रेणु दाहालको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा तोडफोड भयो । आफन्तको घरमा रोकेर राखेका बेला बा ११ च ९०३० नम्बरको गाडीलाई अज्ञात समूहले तोडफोड गरेको र उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

– त्यस्तै, शनिबार राति खैरहनी नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार राजेन्द्रप्रसाद चौधरीको गाडीमा तोडफोड भयो । चुनाव प्रचार गरेर साँझ घर फर्केर आँगनमा रोकिराखेको बा ८ च १५६२ नम्बरको गाडीमा तोडफोड भएको हो । गाडी तोडफोड गर्नेहरुको पहिचान हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

KFC Island Ad
NIC Asia

– गएको शुक्रबार राति नेपाली कांग्रेसका तर्फबाट नुवाकोटको शिवपुरी गाँउपालिका अध्यक्षका उमेदवार रामकृष्ण थापाको गाडीमा तोडफोड भयो । बा ११ च ३४९९ नम्बरको स्कर्पियो गाडीमा अज्ञात समूहले तोडफोड गरेको र तोडफोड गर्नेको पहिचान नभएको प्रहरीले जानकारी दिएको छ । 

– त्यस्तै, शुक्रबार नै साँझ धादिङको थाँक्रे गाउँपालिकामा चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भयो । एमालेका तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उमेदवार राजकुमार पौडेलको बा ९ च ८९२९ नम्बरको हाइलक्स जिप प्रचारपछि घरमा राखेका बेला आगजानी गरिएको प्रहरीले जनाएको छ । आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको पौडलले जनाएका छन् । 

Royal Enfield Island Ad

स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उमेदवारी दर्ता गरेर प्रचारमा होमिएका उमेदवारहरुको सवारीसाधनमा तोडफोड हुने क्रम बढेको छ । दिउँसो चुनाव प्रचार गरेर घर फर्केका उमेदवारले आफ्नो घरमा पार्किङ गरेर राखेका सवारीसाधन बिहान तोडफोड भएको अवस्थामा फेला पर्ने गरेका छन् । 
यसरी तोडफोड गर्नेमा विप्लव माओवादीको हात रहेको अनुमान गृह मन्त्रालयले गरेको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी भन्छन्, “जोगीका भेषमा आएर क्षति पुर्याउनेलाई के भन्ने ? पछिल्ला दिनमा उमेदवारका सवारी साधनमा तोडफोडको घटना हुन थालेका छन् । एकैनासका घटना भएका छन्, कसले गराएको भन्ने कुरा खुल्दैछ । दिउँसो चुनाव प्रचार गरेर घर फर्केका मानिसका गाडी पार्किङ गरेको बेला राति चोरको जस्तो आएर तोडफोड गरेको देखियो । तिनको पहिचान हुन्छ र कारबाही पनि हुन्छ ।”

यस्तो कामलाई उनले आपराधिक क्रियाकलाप भनेका छन् । 

निर्वाचन विरोधी गतिविधि गर्ने ११६ पक्राउ
प्रवक्ता पन्थीका अनुसार निर्वाचन विरोधी गतिविधि गर्ने नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको माओवादीका १ सय १६ जना कार्यक्रताहरु पक्राउ परेका छन् । 
विभिन्न १६ जिल्लाबाट पक्राउ परेका उनीहरुममध्ये केहीलाई सोधपुछपछि छाडिएको र केहीको अनुसन्धान जारी रहेको प्रवक्ता पन्थीले बताए । 
उनले थपे, “यसरी उमेदवारको गाडीमा तोडफोड गर्ने तथा क्षति पुर्याउने काम विप्लव माओवादी कार्यकर्ताको हो, दोषीलाई कारबाही हुन्छ । हामीले विप्लव माओवादीका नेता कार्यकर्ता र उनीहरुको गतिविधिमा थप निगरानी बढाएका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०७४  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro