site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि काठमाडौं उपत्यकाभर ७ हजार प्रहरी परिचालन गरिएको छ । निर्वाचनको पहिलो घेराको सुरक्षा जिम्मा पाएको प्रहरीले ४२६८ जना म्यादी प्रहरीलाई आफ्नो मातहतमा परिचालन गरेको छ । 

“सबैको ध्यान काठमाडौंमा हुन्छ, अन्यत्रको भन्दा जनसङ्ख्या काठमाडौंमा धेरै भएका कारण काठमाडौंको सुरक्षामा चुनौती छ । हामीले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएका छौं,” महानगरीय प्रहरी निमित्त आयुक्त डीआईजी बमबहादुर भण्डारीले भने, “स्थानीय तहको निर्वाचनमा कुनै पनि चलखेल नहोस् र सुरक्षाका कारण चुनावमा धाँधली नहोस् भन्नका लागि हामी सचेत छौं । सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ ।”

KFC Island Ad
NIC Asia

उनका अनुसार काठमाडौं उपत्यकाभर चुनावलाई लक्षित गरी ६९८० प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंमा रहेका सीआरभी भ्यान, क्यूआरटी मोटरसाईकल टोली, प्रहरी गस्ती, तथा नाकाहरुमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।  
डीआईजी भण्डारी भन्छन्, “काठमाडौंको सुरक्षाव्यवस्था देशकै इज्जतसँग जोडिएको हुन्छ, अझ चुनावको बेला आएको छ । त्यसैले पनि काठमाडौंमा सुरक्षा परिचालन बढी गरिएको छ ।”  प्रहरीले काठमाडौं उपत्यकाभरका गेष्टहाउसलाई पनि निगरानीमा राखेको छ । “काठमाडौं भित्रने नाकादेखि काठमाडौंभरका होटलमा हामीले निगरानी बढाएका छौं,” काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने, “सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, ढुक्कले निर्वाचनमा भाग लिनुस् ।” 
बाह्रखरीसँग कुरा गर्दै एसएसपी जोशीले भने, “चुनावमा ढुक्क हुनुहोस्, मतदाताको सुरक्षा हामीले गर्छौं । सुरक्षा व्यवस्था अत्यन्तै चुस्त बनाएका छौं, तर तपाईँहरुको साथ हामीलाई जरुरी छ ।”

Royal Enfield Island Ad

उनले थपे, “सबैजना चुनावी माहौलमा लागेका बेला आपराधिक गतिविधी हुन सक्ने भन्दै हामीले त्यतातिर पनि ध्यान दिएका छौं ।”

उनले निर्वाचनमा कुनै पनि उच्छृङखल गतिविधि नहोस् भन्नका लागि निगरानी बढाएको पनि बताए ।

“हामीले गुन्डागर्दीमा संलग्न करिब ४० जनालाई पक्राउ गरेर कारवाही अघि बढाएका छौं,” उनले भने,“जेलबाट छुटेकाहरुको पनि निगरानी जारी राखेका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०७४  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro