site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर प्रदेशको योगी सरकारद्वारा २१ जिल्लामा इन्टरनेट बन्द

लखनउ । भारतको उत्तरप्रदेश राज्यका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानुनको विरुद्धमा आन्दोलन चर्किदै गएपछि योगी आदित्यनाथ नेतृत्वको प्रदेश सरकारले इन्टरनेट सेवा बन्द गरेको हो ।

सुुरूमा ९ जिल्लामा इन्टरनेट बन्द गरिएकोमा विहीबार मध्यरातबाट थप जिल्लामा इन्टरनेट बन्द गरिएको हो । २१ जिल्लामा इन्टरनेट बन्द शुक्रबार मध्यरात सम्म हुने गृह मामिला सम्बन्धी अतिरिक्त प्रमुख सचिव अभानिष अवस्थीले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्टरनेट ब्लक गरिएका जिल्लामा लखनउ, हापुर, गाजीयावाद, बुलन्दसहर, मेरुत, कानपुर, फिरोजाबाद, बरेली, सहरनपुर, बिज्नोर, रामपुर, अमरोहा, बहराइच, मुजफ्फरनगर, सम्भाल, सम्ली, वाराणसी, अजमगढ,मोरादावाद, आग्रा, अलिगढ लगायतका छन् ।

(टाइम्स अफ इण्डिया)
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १०:१२
प्रतिक्रिया दिनुहोस्